९ असार २०८१, शनिबार

स्वावियू चुनाव स्थागित गर्न विद्यार्थीहरुको माग ।

स्वावियू भवनमा ताला

दिलिप कुमार यादव

फाल्गुन ५ , कपिलवस्तु

कपिलवस्तु जिल्लाको शिक्षाको धरोहर रहेको कपिलवस्तु बहुमुखि क्यामपसमा स्वावियू चुनाव स्थागित गर्न विभिन्न विद्यार्थी संगठनहरुले माग गरेका छन । यही फल्गुन १४ गते हुन गईरहेको स्वावियूको चुनावमा ३ दलका विद्यार्थीहरुको निर्णयले हाम्रो माग समाबेश नाभएको भन्दै स्वावियू चुनाव स्थागितको माग गरेका छन । पुर्ण समानुपतिक, अबैध भर्ना, र ठुला ३ दलको मात्रै सर्वोपरि निर्णय एव समर्थन भएको हुनाले सो निर्णयको अपहेलना गर्दै, हाम्रो माग प्रति पुर्ण सहमति एव समर्थन नहुन्जेल सम्म तत्काल हुन गईरहेको स्ववियू निर्वाचन स्थागितको लागी विद्यार्थी संगठानहरुले सहायक क्यामपस प्रमुख नवराज तिवारीलाई पत्र दिईएका छन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल , समाजवादी विद्यार्थी फोरम, नेपाल, नााय शाक्ति नेपाल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, सदभावना विद्यार्थी संगठन, तराई मधेश विद्यार्थी फ्रन्ट लगायतको विद्यार्थी संगठनहरुले स्वावियू चुनाव स्थागितको माग गर्दै स्वावियू भवानमा ताला बन्दी समेत गरेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट