२८ भाद्र २०८१, शुक्रबार

कपिलवस्तुमा पिक प्रोजेक्ट ।

जानु पाण्डे,
कपिलवस्तु ।
कपिलवस्तुको पकडी स्रोतकेन्द्रमा समता र पहुचका लागी साझेदारी परियोजना (पिक) सुरु भएको छ । पकडी स्रोत केन्द्रका पकडी, लवनी, बांसखोर, डुमरा, विजुवा, पिपरा, विठुवा र हथीहवा गाविसका विद्यालय र समुदायमा शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरीने छ । कार्यक्रमको विषयमा जानकारी दिन बिहिवार कपिलवस्तु नगरपालिका सभाहलमा एक कार्यक्रमको आयोजना गरीएको थियो । युरोपेली युनियन, वि बल्र्ड , ग्लोवल एक्सन नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको संयुक्त साझेदारीमा गरीएको कार्यक्रमले शिक्षाको गुणस्तरमा सुधारको लागी ३ बर्ष सम्म काम गर्ने छ ।
कार्यक्रममा सिमावर्ती ३ र दक्षिणी क्षेत्रका ५ गाविसका २४ सामुदायिक विद्यालय, २१ बालविकास केन्द्रहरुको शिक्षाको सुधारको लागी कार्यक्रम सुरु गरीएको पिक प्रोजेक्ट म्यानेजर सुवास यादवले वताउनु भयो । कार्यक्रम अन्र्तगत विद्यालय बाहिर रहेका बाल बालिकाहरुलाई भर्ना गर्ने, विद्यालयमा पढाई कुना स्थापना गर्ने, शिक्षण सिकाईका तालिमहरु प्रदान गर्ने, बाल मैत्री बाताबरण तयार गने लगायतका कार्यक्रमहरु रहेको यादवले वताउनु भयो ।
कार्यक्रम अन्र्तगत नागरीक सचेतना केन्द्र, आमा समूह, महिला समूह, सहकारी संस्था, सामुदायिक अध्ययन केन्द्र लाई समेत समेटिएको छ । उनिहरुलाई सचेत तथा सबलीकृत गर्दै शिक्षामा परिवर्तन ल्याउन सामेल गराईने बताईएको छ । कार्यक्रमबाट ६ हजार स्कुले बाल बालिका र २ हजार विद्यालय बाहिर रहेका बाल बालिका लाभान्भित हुने कार्यक्रम सिद्धार्थ सामाजिक विकास संस्थाकापोम नारायण पौडेलले बताउनु भयो ।
कार्यक्रममा वि बल्र्डका मार्टा भोल्पी, पिक प्रोजेक्टका सुवास यादव, जिल्ला शिक्षा अधिकारी हरी गौतम, जिल्ला विकास कपिलवस्तुका सामाजिका विकास अधिकृत वासु देव जमरकट्टेल, एन जि ओ फेडरेसनका सन्तोष श्रीवात्सव लगायत ले शुभकामना व्यक्त गर्नु भएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट