८ आश्विन २०८०, सोमबार

बालिकाको करणीपछि हत्या हत्यारालाई पत्रकार सम्मेलन गरी सार्वजनिक

सीताराम चौधरी चन्द्रौटा  (कपिलवस्तु), ४ फागुन ।छिमेकीकै अबोध बालिकाको करणीपछि हत्या गर्ने हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १०, प्रगतिटोल ‘बी’ बस्ने विनय कुँवरका १९ वर्षीय छोरा भिमबहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । हत्यारा कुँवरले बालिकालाई जबरजस्ती करणी गरी कर्तब्य ज्यान लिएको स्वीकार गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी गराएको छ ।

गत फागुन २ गते साँझ साढे ७ बजे छिमेकी भिमबहादुर कुँवरको घरबाट पिठो लिई आमालाई दिएर बाहिर खेल्न गएपछि फर्केर नआएको प्रहरीको पारिवारिक स्रोतलाई उदृत गर्दै प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा पनि फेला नपरेको तर विहान साढे ६ बजेको समयमा बालिका जवई खोलामा तैरिरहेको मृत फेला परेको प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारीले जानकारी दिनुभयो ।

बालिकालाई ललाई फकाई लगेको र खोला किनारमा राति करणी गरी मुख थुनेर हत्या गरी पानीमा शव फेला परेको अनुसन्धानका क्रममा खुल्न आएको छ । घटनाको गहन अनुसन्धान र संकलित सूचनाको आधारमा छिमेकी बिनय कुँवरका छोरा भिमबहादुर कुँवरलाई शब फेला परेको ३ घण्टामै पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका अभियुक्तलाई मुलुकी ऐन जबरजस्ती करणी तथा ज्यान सम्बन्धी महल अनुसार जिल्ला अदालत कपिलवस्तुमा म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यसअघि गत माघ २६ गते पकडीमा ५ जना युवाहरुले सामुहिक बलत्कार गरीएको घटना संलग्नमध्ये पक्राउ परेका दुई अभियुक्तलाई समेत प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट