चीनमा काेराेना संक्रमण बढ्याे , चार महिनाकै बढी संक्रमित संख्या

सेयर गर्नुहोस


बीजिङ्ग ।
चीनमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ। विगतमा संक्रमितको संख्या घट्दै गए पनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन्।

पछिल्लो २४ घन्टामा १४० जना नयाँ संक्रमित भेटिएको पुष्टि गरिएको छ। तीमध्ये ८७ जना स्थानीय स्थानान्तरण र अन्य बाहिरबाट सरेको यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

कोरोना भाइरस सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्यूनीकरण भने अन्य देशमा भन्दा राम्रोसँग भएको थियो। सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोना भाइरसको पुष्टि चीनमा भएको थियो। सुरुमा उच्च सतर्कता गरेकाले चाँडो महामारी न्यूनीकरण गर्न सफल भएको चीनले कोरोना भाइरसविरुद्धको खोप पनि उत्पादन गरेको छ।

चीनमा उत्पादन गरिएको खोप अहिले विश्वका धेरै देशका नागरिकले लगाइसकेका छन्। अहिले फेरि संक्रमितको संख्या बढ्न थालेपछि सतर्कता पनि बढाउन थालिएको अधिकारीले जानकारी दिएका छन्। एजेन्सीहरुबाट

Facebook Comments Box