चीनको खतरा रोक्न जापानद्वारा ऐतिहासिक रक्षा बजेट स्वीकृत
टोक्यो । जापान सरकारको मन्त्रिपरिषदले ऐतिहासिक रक्षा बजेट स्वीकृत गरेको छ। चीनबाट आउने खतरा रोक्न मन्त्रिपरिषदले शुक्रबार एक वर्षका लागि ऐतिहासिक रक्षा बजेट स्वीकृत गरेको हो।
आगामी वर्ष अप्रिलदेखि निकासा गरिने सो बजेट ४७.२ बिलियन डलर रहेको बताइएको छ। चीनको खतरा रोक्न आफ्नो रक्षा क्षमता बढाउने उदेश्यले सरकारले सो बजेट स्वीकृत गरेको बताइएको छ। रक्षा क्षमता बढाउने उद्देश्यले जापान सरकारले छुट्याएको सो रकम हालसम्मकै उच्च भएको समेत अन्तर्राष्ट्रिय मिडियामा खबर छ।
आगामी वर्षा लागि सरकारले छुट्याएको सो रकम जापानको रक्षा इतिहासमा ८ वर्षयताकै उच्च भएको जापान टाइम्समा खबर छ।
Facebook Comments Box
