कपिलवस्तु प्रतिनिधि सभा ३ का गद्दावार नेता शिव र मगंलले एमाले राेजे

कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एमालेमा प्रवेश गर्नु भएको छ ।
पंचायात कालदेखि राजनितिमा सक्रिय मंगल प्रसाद गुप्ताले आफ्नो क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको बताउनु भयो ।
मंगलबार नेकपा एमाले जिल्ला कार्य समिती कपिलवस्तुको आयोजना बहादुरगंजमा भएको आमसभा कार्यक्रममा एमालेका कृष्णनगर नगरपालिकाकाे मेयरका प्रत्यासी शिवप्रसाद जयसवालकाे सक्रियतामा बृहत् पार्टी प्रवेश कार्यक्रम समपन्न भएकाे छ । साे कार्यक्रममा धेरै बर्ष कांग्रेसमा राजनिति गरि पछि मधेश आन्दाेलनमा सहभागी भएका मंगल प्रसाद गुप्ता तमलाेपा हुँदै जसपा र त्यसपछि नेकपा एमाले प्रवेश गरेका हुन। उनले प्रवेश कार्यक्रममा आफू यस क्षेत्रलाई एमालेमय बनाउने बताउनु भयो । यो क्षेत्रको विकासलाई गति दिलाउन आफू एमालेमा प्रबेश गरेको बताउनु भयो । मंगल प्रसाद गुप्तालाई एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नु भएको हो ।
