लैङ्गिक हिंसा न्युनिकरणका लागी बजेट बिनियोजन

सेयर गर्नुहोस

कपिलवस्तु, ५ माघ
कपिलवस्तु जिल्लाका तिनवटा गाबिसले पहिलो पटक लैङ्गिक हिंसा न्युनिकरणको निती अनुरुप हिंसा रोक्ने अभियानका लागी बजेट बिनियोजन गरेका छन । गाबिसको आयोजनामा सम्पन्न गाबिस परिषदले आगामी आर्थिक बर्ष २०७३/७४ का लागी सौराहा, सिहोखोर र हर्दौना गाबिसमा बजेट बिनियोजन गरेको हो । साथी संस्थाको आस्था परियोजनाद्वारा गठित गाबिसस्तरीय लैङ्गिक हिंसा नियन्त्रण समिती र पूरुष सहयात्री समुहको पहल पछि सौराहा र हर्दौना गाबिसले १/१ लाख र सिहोखार गाबिसले ५० हजार रुपैया बजेट बिनियोजन गरेको हो । गाबिसमा सञ्चालित लैङ्गिक हिंसा मुक्त अभियानलाई सफल बनाउन समितीले पहल गरे अनुरुप गाबिसबाट हिंसा रोक्ने अभियानका लागी समितीको पहलमा बजेट बिनीयोजन गराईएको समिती सदस्य तथा सौराहा गाबिसका निर्बतमान अध्यक्ष ओम प्रकाश पाण्डेयले बताए । लैङ्गिक हिंसा रोक्ने अभियान सबैको सरोकारको बिषय भएकाले आफुहरुले सो बिषयमा पहल गरेको पाण्डेयले जनाए । “लैङ्गिक हिंसा रोक्ने अभियान बिरुद्धको अभियान अहिले नचलाए कहिले चलाउने र हामीले अभियान नचलाए कस्ले चलाउने भन्ने मान्यतामा छौ ।” उनले भने । पछिल्लो समय लैङ्गिक हिंसा रोक्ने अभियानमा पुरुषको सरोकार बढदै गएको जनाउदै अभियान सफल पार्नकै लागी गाबिस साग बजेट बिनियोजनका लागी पहल गरिएको हर्दौनाका पुरुष समुहका सदस्य बिजयप्रताप गुप्ताले बताए । “गाबिसस्तरमै लैङ्गिक हिंसा रोक्ने अभियानका लागी बजेट बिनियोजन नौलो बिषय हो । त्यस सगै अभियानमा पुरुषको सहकार्य बृद्धि र अगुवाईले झन उत्साह थपेको छ ।” गुप्ताले भने । गाबिसलाई लैङ्गिक हिंसा न्युनिकरणका लागी अभियान चलेको सन्दर्भमा गाबिसस्तरीय समितीको माग पछि बजेट बिनीयोजन गरिएको सौराहा गाबिसका सचिव जगत नारायण दुबेले बताए । यस अघिका परिषदमा लक्षितबर्गका कार्यक्रम मात्रै उल्लेख गरि बजेट बिनियोजन हुने भए पनि यस बर्ष सम्पन्न परिषदमा लैङ्गिक हिंसा न्युनिकरण अभियान सञ्चालनका लागी नै भनेर बजेट बिनियोजन गरिएको उनले जनाए । संस्थाले नेपाल सरकारको लैङ्गिक हिंसा न्युनिकरण बारेको पञ्चबर्षिय कार्ययोजनालाई सहयोग पुर्याउने निती अनुरुप अगाडी बढेको र बजेट बिनयोजनका लागी समेत पहल गरेको परियोजनाका जिल्ला संयोजक खग प्रसाद चापागाईले बताए । उनले परियोजनाले लैङ्गिक हिंसा न्युनिकरणका लागी सचेतना प्रवाह, पूरुष र युवा परिचालन, न्यायमा पहुच, खेल क्षेत्र मार्फत सचेतना प्रवाह र सरोकारवाला बिचको समन्वय बृद्धिका लागी काम गर्दै आएको उनले जानकारी दिए । आफुहरुले समुह मार्फत लैङ्गिकमैत्री बजेट बिनियोजन सगै बजेटको सदुपयोगका लागी समेत पहल गर्ने उनले प्रष्ट पारे ।

Facebook Comments Box