कांग्रेसकाे महाधिवेशनमा आमन्त्रित भारतीय नेताहरु काठमाडौं आइपुगे
![]()
काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन भारतबाट चार जना नेताहरू काठमाडौं आइपुगेका छन् । कांग्रेसले विभिन्न देशका राजनीतिक दलहरूलाई निम्त्याए पनि कोभिड–१९ को नयाँ भेरियन्टका कारण धेरै जसो देशबाट प्रतिनिधिहरू नआउने भएका छन् ।
छिमेकी मुलुक भारतबाट दुई राजनीतिक दलका नेताहरू महाधिवेशनमा भाग लिन आएका हुन् ।
कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले भारतबाट चार जना नेताहरू कांग्रेसको निम्तो स्वीकार गरेर काठमाडौं आइपुगेको बताएका छन् । उनका अनुसार भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाडौं आइपुगेका हुन् ।
Facebook Comments Box
