राजनितीमा फड्को मार्दै नेपाली कांग्रेसकी सबैभन्दा कान्छी उम्मेदवार डा. अलविरा खान विजयी
इमरान खान कपिलवस्तु २० मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा नेपाली कांग्रेस कपिलवस्तुकी सबैभन्दा कान्छी मुस्लिम महिला उम्मेदवार २४ वार्षीय डा. अलविरा खान लुम्बिनी प्रदेश सदस्यमा विजयी हुनु भएकी छिन । डा. अलविरा खान निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । मुस्लिम महिला नेतृत्व डा. अलविरा खान ले सबै भन्दा धेरै र लोकप्रिय मत पाएको कपिलवस्तु कांग्रेसका नेता कार्यकर्ताहरुले जनाएका छन । कांग्रेसको १४ औँ महाधिवेशनमा मुस्लिम महिलाहरुले कब्जा जमाइरहेको बेला कपिलवस्तुमा पनि मुस्लिम महिला नेतृत्व डा.अलविरा खानले सबैभन्दा बढी मत पाएर नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पदमा निर्वाचित हुनुभएकी छिन । मुस्लिम महिलातर्फको कोटाबाट उम्मेदवार बनेकी उनी शुक्रबार दिनभर प्रतिनिधिसँग भोट मागिरहेकी थिइन् । शनिबार पनि उनले बिहानैदेखि आफूलाई जिताउन आग्रह गर्दै मतदातासँग मत मागिरहेकी थिन । काँग्रेसको १४ औँ महाधिवेशनबाट क्रियाशील सदस्यता लिएको उनले बताइन् । ‘मैले १८ वर्षको उमेरमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी हुँ, अहिले २४ वर्षकी भएँ, प्रदेश सदस्य भएर जिम्मेवारी निर्वाह गर्न सक्छु भन्ने लागेको छ,’ डा. अलविराले बताइन । बाबु अकिल मियाको प्रेरणाबाट आफू राजनीतिमा लागेको उनको भनाइ रहेको छ । अकिल मिया ३० वर्षदेखि काँग्रेस क्रियाशील सदस्य छन । पूर्वक्षेत्रीय सभापति रहेका अकिल मिया अहिले महाधिवेशन प्रतिनिधि छन । चिकित्सक पेसा अँगालेकी हुनाले आफू बिरामीको उपचारमै केन्द्रित हुने र सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने उनले बताइन । अहिले को चहाना युवा रहेकोले र युवाले नै देश बचाउन सक्छन त्यहि भएर म राजनीतिमा आको छु । उनी संस्थापन इतर समूहको प्यानलबाट प्रदेश सदस्यमा उम्मेदवार बनेकी थिन । मुस्लिम समुदायका महिला राजनीतिमा आउन नसकिरहेको अवस्थामा उनले अहिले भने अवस्था फरक रहेको बताइन । ‘विगतमा मुस्लिम समुदायमा राजनीतिमा लाग्न हुँदैन भन्ने भावना थियो, घरबाट निस्कन पाइँदैन थियो, तर अहिले अवस्था फेरिएको छ, मैले राजनीतिमा लाग्दा परिवारका सबै सदस्यको पूर्ण साथ पाएकी छु,’ उनले भनिन् । कपिलवस्तु-३ को प्रदेश सभा (ख) बाट प्रतिनिधि भएर उनी लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी थिन । उनले भनिन यो मेरो ब्यक्तिगत जित हैन यो सम्पुर्ण युवा, मुस्लिम लगायत सम्पूर्ण कपिलवस्तु जिल्ला र प्रदेशबासीको जित हो । यसमा मेरो सहयोग गरिदिनु भएका सम्पूर्ण नेपाली कांग्रेस जिल्लाबासी लगायत प्रदेशबासीहरुमा हृदय देखि धन्यबाद दिएकी छिन । त्यसतैगरी लुम्बिनी प्रदेश महामन्त्री पदमा कपिलवस्तुका सुरेन्द्र राज आचार्य पनि विजयी हुनु भएका छन ।
