१४ बैशाख २०८१, शुक्रबार

सडक निर्माणका लागि कम्दीवासीले गराए ध्यानाकर्षण

nepaनेपालगंज । अलपत्र तथा धुलाम्मे सडक निर्माणका लागि शुक्रबार कम्दीका बासिन्दाहरुले जिल्ला विकास समिति, बाँकेलाई ध्यानाकर्षण गराएका छन् ।
वर्षौदेखि निर्माण हुँदै आएको सडक निर्माणमा भएको ढिलाई, जनतामा परेको स्वास्थ्य समस्या र किसानहरुको बालीनालीमा परेको प्र्।भावलाई लिएर कम्दीका स्थानीयहरु स्थानीय विकास अधिकारी हरि प्याकुरेललाई ध्यानाकर्षण गराएका हुन ।
नेपालगञ्जदेखि बघौडासम्म निर्माण हुन लागेको हुलाकी सडक र कम्दी मिलन चोकदेखि मनिकापुर हुँदै राँझासम्मको सडक निर्माण कार्य अलपत्र परेका कारण लामो समयदेखि त्यस क्षेत्रका जनताहरुले सास्ती खेप्दै आएका छन् ।
सुख्खायाममा समेत हिँड्न नसक्ने अवस्थामा रहेको सडकमा गत वर्षायाममा कतिपय बटुवाहरु लडेर घाइतेसमेत भएको कम्दीकी स्थानीय मुना बस्नेतले बताउनुभयो ।
वन उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर बोहोराले सडक निर्माणका लागि हालसम्म कुनैपनि नेता वा सांसदहरुले चासो नदेखाएपछि स्थानीय पशुपतिनाथ सामुदायिक वन उपभोक्ता समिति तथा शिव रेडियो श्रोता क्लबको नेतृत्वमा जिल्ला विकास समिति पुगेको स्पष्ट गर्नुभयो ।
स्थानीयहरुको हस्ताक्षर र गाविस कार्यालयको सिफारिससहित पुगेका गाउँलेहरुले बाँकेका स्थानीय विकास अधिकारी प्याकुरेलसँग छलफल समेत गरे । छलफलमा स्थानीय विकास अधिकारी प्याकुरेलले १५ गतेदेखि राँझादेखि मिलन चोकसम्मको बाटो मर्मत गरिने आश्वासन दिनुभयो ।
छलफलका क्रममा सिक्टा सिंचाई आयोजनाका प्रतिनिधिसँग टेलिफोनमा सम्पर्क गरी उक्त बाटो मर्मत गर्नका लागि कुरा गरेको बोहोराले जानकारी दिनुभयो ।
त्यस्तै, राप्ती हुलाकी सडकको आउने ५ गतेदेखि निर्माण शुरु हुने पनि तयारी भइसकेको स्थानीय विकास अधिकारी प्याकुरेलले बताउनुभयो ।
कम्दीको मिलन चोक र राँझादेखि मिलन चोक आउने दुबै क्षेत्रका स्थानीय जिविसमा बिहानै पुगेका थिए । उनीहरुले बारम्बार समस्यालाई दर्शाएको तथा ध्यानाकर्षण गराएको १५ दिनभित्र बाटो सुधारका लागि कुनै सुनुवाई नभए आन्दोलन गर्ने समेत चेतावनी दिएपश्चात छलफल बसेको सहभागी एक स्थानीय घनी गिरीले जानकारी दिनुभयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट