१४ बैशाख २०८१, शुक्रबार

लोसपा अध्यक्ष ठाकुर, महताेसहितका नेता कपिलवस्तु आउदै

कपिलवस्तु । आम सभा र पार्टी कार्यालय समुद्घाटन गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर-महताे सहितका पार्टीका शीर्षस्थ नेता यही शनिबार कपिलवस्तु आउने कार्यक्रम रहेकाे छ ।
कपिलवस्तुको तौलिहवामा बृहत आमसभा सम्बोधन तथा लोसपाको पार्टी कार्यालय उद्घाटनका लागि मंसिर १८ गते लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महन्त ठाकुर कपिलवस्तु आउनुहुने भएको छ ।
आगामी चुनावलाई लक्षित गर्दै लोकतान्त्रिक समाजवादी पार्टीले राजनीतिक क्रियाकलापलाई अघि बढाएको छ । तौलिहवामा हुने आमसभा सम्बोधन कार्यक्रममा लोसपा नेपालका वरिष्ठ नेताद्वय राजेन्द्र महतो , शरतसिंह भण्डारी र लोसपा केन्द्रिय कार्यकारिणी समिती सदस्य अनिल झा, लोसपा कार्यकारिणी समिती सदस्य अकवाल अहमद शाह आउने कार्यक्रम रहेको लोसपा लुम्बिनी प्रदेश संयाेजक रविदत्त मिश्रले जानकारी दिनुभएकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट