बुद्धस्थको विकासकालागि चिन सरकारको सहयोग रहने ..
कपिलवस्तु । राजुदत उ हुन ताई जीवित बुद्धकारुपमा मानिएका चाईना बुद्धिस्ट एशोसियनका उपाध्यक्ष झुकाङ र चिनका राजदुत उ हुन ताई सहीतको टोली सोमवार प्राचिन कपिलवस्तु स्थित चार बुद्ध स्थलको अवलोकन भ्रमण गरेका छन । लुम्बिनी हुदै प्राचिन कपिलवस्ुतमा आइका ७ सदस्यीय टोलीले बुद्ध स्थल निग्राधरमा कुदान, गोटिहवा, तिलौराकोट र निगालीकोटको भ्रमण गरेका हुन । बिहान १० बजे निग्राधराममा टोलीस् पुगेको थियो । त्यस पछि गोटिहवा, तिलौराकोट र निगालीकोट गएको थियो । टोलीलाई लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले बुद्धस्थलको ऐतिहासिक पृष्ठभुमि, महत्व, ऐतिहासिक प्रमाण, लगायतका बिषयमा जानकारी गराएका थिए । तिलौराकोट दरबार क्षेत्रमा पैदल मार्ग हुदै उनले ९ महिना अघि संपन्न उत्खनन र अन्वेशषको स्थलगत निरीक्षण गरेका थिए । जापानिज फण्ड ईन ट्रस्ट, नेशसन जियोग्रफी सोसाईटी अमेरिका र युनेस्को सहयोगमा ३ बर्ष देखि तिलौराकोटमा उत्खनन गरिएको थियो । टोलीले उत्खननका उपलब्धी र अवस्था बारे जनकारी लिएका थिए । टोलीलाईे उत्खनन र अन्वेशको उपलब्धी, प्राप्त प्रमाणहरु, ऐतिहासिक पृष्ठभुमी लगायतका बिषयमा जानकारी गराईएको । कुदान र तिलौराकोट गरी आधा दर्जन ठाउमा गरिएको थियो । टोलीले तिलौराकोटको मुख्य दरबार, पश्चिमी र पुर्बी द्धार,संपन्न भएको उत्खनन क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । बुद्धस्थलको अवस्था प्रति टोलीले चिन्ता ब्यक्त गरेको थियो । कुदानबाट गोटिहवा जानेक्रममा बाटोघाटाको असुबिधा, हिलाम्य बाटोले गर्दा त्यहा पुग्न टोलीलाई समस्या भएको थियो । भ्रमण सकेर फर्कनेक्रममा तिब्बत बुद्धिस्ट एशोसियशनका अध्यष समेत रहेका झुकाङले सचारकर्मीलाई प्रतिक्रिया दिदै बुद्धस्थलको ठोस विकासकालागि योजनाबद्धरुपमा अगाडी बढनु पर्ने बताए । ३ वटा बुद्धहरुको जन्मथलोका पाईला टेक्न पाएकोमा आफु धन्य भएको भन्दै उनले प्राचिन कपिलवस्तुमा रहेको बुद्धस्थलको विकासकालागि हातेमालो गर्ने बताए । ‘ यहाका बुद्धस्थलको विकासकालागि हामी सहयोग गर्र्न तयार छौ ’ उनले भने । राजुदत उ हुन ताईले आफनो देशमा रहेको करौडा बुद्धमार्गीहरु प्राचिन कपिलवस्तुमा आउन लालाईत रहेको बताए । शान्तिका अग्रदुत तथा करौडोका आस्थाका केन्द्र रहेको बुद्धस्थलमा आउन पाउनु नै गौरवको कुरा रहेको भन्दै उनले चिन सरकारले बुद्धस्थलको विकासकालागि सहयोग गर्र्न तयार रहेको बताए । निग्रोधरामा कुदान बुद्धले बुधत्व प्राप्त गरे पछि आफना आमा बुवा, श्रीमतिलाई भेटेर देशना दिएको स्थानकारुपमा मानिएको छ । यस्तै तिलौराकोटलाई बुद्धका पिता राजा सुद्धोदनको राजप्रसाद र बुद्धको क्रिडास्थल, गोटिहवालाइृ कनकमुनी र निगालीकोटलाई कनकमुनी बुद्धकारुपमा मानिएको छ । गोहिटवा र निगालीकोटमा सम्राट अशोकले गाडेको स्तम्भ रहेका छन् । भ्रमणकारी टोली सोमवार नै काठमाण्डौ फर्किएका छन् ।
3