१६ चैत्र २०८०, शुक्रबार

भारतसहित ४ मुलुकका विदेशी पाहुना सहभागी हुने, अन्य २५ देशले पठाए शुभकामना सन्देश

 

काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका नेताहरू सहभागी हुने भएका छन् । चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएका छन् । एमालेको विदेश मामिला विभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शुक्रबारदेखि हुने राष्ट्रिय महाधिवेशनमा सहभागी हुने विदेश पाहुनाका विषयमा जानकारी दिएको हो ।

एमालेको महाधिवेशन शुक्रबारदेखि चितवनमा हुँदैछ । विदेश विभाग प्रमुख राजन भट्टराईले चार देशका ८ वटा राजनीतिक दलका १५ जना पाहुना महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।
भारतीय जनता पार्टी (बीजेपी)सहित पाँच दलका प्रतिनिधिले महाधिवेशनमा भाग लिने भएका छन् । बीजेपीका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री डा. हर्षबर्द्धन र राष्ट्रिय सचिव हरिश द्विवेदी काठमाडौं आइपुगेका छन् । त्यस्तै, भाकपाबाट पल्लव सेन गुप्ता, भाकपा मार्क्सवादीबाट जोगेन्द्र शर्मा, भाकपा मार्क्सवादी लेनिनवादी लिब्रेसनबाट वीरेन्द्रप्रसाद गुप्ता र सन्दीप सौरभ आउने नेता भट्टराईले बताए । त्यस्तै, श्रीलंकाबाट जनता भिमुक्ति पेरामुना पार्टी (जेभीपी) का भिजेथा हेराथ सहभागी हुनेछन् ।

कम्बोडियाबाट सुस याराको नेतृत्वमा चार सदस्यीय डेलिगेसन टोली आउनेछ । बंगलादेश कम्युनिष्ट पार्टीको तर्फबाट हसन तारिक चौधरीको नेतृत्वमा तीन सदस्यीय पाहुना टोली काठमाडौं आइपुगेको छ । एमालेले विदेश पाहुनाहरूलाई काठमाडौंमा सोल्टी होटलमा राख्ने व्यवस्था मिलाएको छ भने चितवनमा ग्रीन मेनसन होटलमा पाहुनाहरूको बसोबासको व्यवस्था मिलाएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट