१४ बैशाख २०८१, शुक्रबार

विदेशी ऋणमा फस्दै गएकाे पाकिस्तान चलाउन इमरानलाई समस्या

इस्लामाबाद ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसा नरहेको बताएका छन्। उनले आर्थिक भारसँगै देशको ऋण पनि बढेको बताएका हुन्। राजधानी इस्लामाबादमा आयोजित कार्यक्रममा उनले भने, ‘जसरी घरमा आम्दानी कम र खर्च धेरै हुँदा समस्या उत्पन्न हुन्छ, त्यस्तै हालत पाकिस्तानको भएको छ।’

उनले सबैभन्दा ठूलो समस्या पाकिस्तानसँग पर्याप्त पैसा नरहेको स्पष्ट पारे। त्यही कारण ऋण लिन बाध्य भएको उनले बताए। ‘भविष्यका लागि वचत कोष रित्तिदै गएको अवस्था छ। यसको प्रमुख कारण ट्याक्स कल्चर नहुनु हो,’ उनले भने। उनले पाकिस्तानमा ट्याक्स तिर्ने सँस्कृति नरहेको बताए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट