प्रेस मंच नेपालको केन्द्रिय अध्यक्षमा पुन संतोष पटेल चयन

सेयर गर्नुहोस

press munchवीरगंज,
प्रेस मंच नेपालको प्रथम केन्द्रिय महाधिवेशनले पुनः संतोष पटेललाई अध्यक्षमा चयन गरेको छ । हिजो राती अवेर सम्म सम्पन्न महाधिवेशनको बन्द सत्रले अध्यक्ष पटेल सहित सम्पुर्ण पदाधिकारीहरुलाई सर्वसहमतिले चयन गरेको हो । मंचका केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन्न बन्द सत्रले चार बर्ष कार्यकाल रहने गरी ३१ जनाको कार्य समिती गठन गरेको छ । समितीको अध्यक्षमा संतोष पटेल(पर्सा),उपाध्यक्ष एवं बिदेश प्रमुख संयोजकमा आशिष गुप्ता(बाँके),उपाध्यक्षमा बिन्द किसोर साह (धनुषा),महिला उपाध्यक्ष राधा मण्डल (मोरङ्ग),महासचिव विश्वनाथ ठाकुर (सर्लाही),सह महासचिव बटुकनाथ झा(धनुषा),हरेन्द्र चौधरी (कैलाली),सचिवमा अंकुश श्रीवास्तव (कपिलबस्तु),विरेन्द्र यादव (सिरहा),रामएकबाल साह (रौतहट),चन्दन यादव (सप्तरी),कोषाध्यक्षमा एस.एम.जहागस्त(पर्सा), प्रवक्तामा रंजन भण्डारी (महोत्तरी),सदस्यहरुमा दिनेश यादव(रौतहट),रमेश सिंह(रौतहट),प्रवेश चौधरी (बारा),दिपिका साह(महोत्तरी),रामबिकास चौधरी(रुपन्देही),रामअधिन साह (सप्तरी),बिरेन्द्र नेपाल (सिरहा),गोपाल गुप्ता(सिरहा),उदयराज जयसवाल (बाँके),संदिप वस्य (बर्दिया),रुवरुप चौधरी (कैलाली), चन्दन रौनियार(सुनसरी),दिपेन्द्र साह (कास्की),हरी उप्रेती (चितवन),जितेन्द्र राम (धनुषा),मोहम्द रहान राजा (सिरहा),कृष्णा यादव (दाङ्ग) लगायत रहेका छन् ।
वीरगंजको गोपाल मण्डलीमा हिजो देखि शुरु प्रथम केन्द्रिय महाधिवेशन वीरगंज घोषणा पत्र जारी गरी आज सम्पन्न हुने केन्द्रिय सदस्य पटेलले बताए ।
सो अवसरमा पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो लगायत पार्टीका नेता कार्यकर्ता र प्रेस मंचका विभिन्न जिल्लाहरुबाट आएका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box