६ बैशाख २०८१, बिहीबार

शिवराज नगरपालिकाको ३७ लाख रकम फ्रिज,कर्मचारीको लार्पवाहीले गर्दा रकम फ्रिज भएको अरोप 

 सनिउल्ला धोबी, कपिलवस्तु पुस २६।।

कपिलवस्तुको शिवराज नगरपालिको रु ३७ लाख, ४२ हजार, ८ सय ३२ रुपैया फ्रिज भएको छ । शिवराज नगरपालिको अर्थिक बर्ष २०७२,७३ को योजनाको रकम कर्मचारीको लापर्वाहीका कारण फ्रिज भएको स्थानियले बताएका छन । शिवराज नगरपालिकाले अर्थिक बर्ष २०७२,७३ मा बालबालिका, अन्य लक्षीत, प्रवाधानात्मक, पुर्वाधारको लागि रु ५० लाख रकम छुट्याएको थियो । कुपोषीत बालबालिकालाई सर्वाेतम लिटोको लागि रु ५० हजार विनियोजीत गरेको मध्ये ३७ हजार ४ सय ८६ रकम फ्रिज भएको छ । सि.एफ.एल.जी लागु गर्नका लागि रु १ लाख १९ हजार ७ सय ४९ रुपैया मध्ये ८९ हजार ७ सय ८२ रकम फ्रिज भएको प्रतिबेदनमा उल्लेख गरेको छ ।

शिवराज नगरपालिकाले खुल्ला दिशा मुक्त क्षेत्रका लागि रु ५ लाख मध्ये ३ लाख ९२ हजार रकम फ्रिज भएको हो । यस्तै विपन्न महिला सिप विकासको रु ५ लाख मध्ये ३ लाख, ९२ हजार फ्रिज भएको हो । अपाङ्ग तथ्यांक संकलन र सिप मुलक तालिमको लागि रु १ लाख ५० हजार रकम मध्ये १ लाख १७ हजार रकम रकम फ्रिज भएको शिवराज नगरपालिकाका राप्रपका प्रतिनिधी क्े पि जयसवालले बताउनु भएको छ ।

खैरी गाउमा नाली निमार्णका लागि छुट्याइएको रु १ लाख ४१ ह्जार पुरै रकम फ्रिज भएको हो । इ.एफ.एल.जी लागु गर्ने कार्यक्रमका लागि छुट्इएको ५० हजार मध्ये ३९ हजार रकम फ्रिज भएको हो । आकस्मीक आउने योजना तथा पुल निर्माणको ६ लाख मध्ये ४ लाख ७० हजार, मुख्य सडकमा बृक्षारोपणमा १ लाख मध्ये ७८ हजार, बसन्तपुर गाउको उतरमा रहेको अधुरो कलभट निर्माणकोे १ लाख मध्ये रु ७८ हजार, जोगीडिहवा देखी सुपाखेउराली जाने बाटोमा कल्भट निमार्णको लागि आएको २ लाख मध्ये रु १ लाख ५६ हजार, चन्द्रौटाको कुखुरा काट्ने राजमार्ग देखी डिहवा सम्म सडक निमार्णको लागि विनियोजीत २ लाख ५० हजार मध्ये रु १ लाख ९६ हजार रकम फ्रिज भएको पारस केवाटले बताउनु भयो ।

त्यस्तै प्रहरी चँौकी निर्माणको लागि १ लाख रकम विनियोजित गरिए मध्ये ७८ हजार, चेक पोष्टबाट बुढढीहवा जाने सडक ग्राभेलको लागि विनियोजीत १ लाख रकम मध्ये ७८ हजार रकम फ्रिज भएको हो । चन्द्रौटा चौकमा प्रहरी बस्ने प्रोटेबल विट निर्माणमा १ लाख मध्ये ७८ हजार रकम, पकडी देखी जुमीली सम्म माटो पाटन तथा सडक निमार्ण ५० हजार मध्ये ३९ हजार, रुद्रपुर गाउ भित्रको सडक स्तरउन्नतीको लागि १ लाख विनियोजीत गरिए मध्ये ७८ हजार, पैकी दक्षिण तर्फको बाटो ग्राभेलको रु ७८ हजार, सडक बत्ती सोलर जडान ३७ हजार, महुली गाउको कल्भट निर्माणमा रु ७८ हजार, चनई, शिवपुरमा सचेतना केन्द्रको अधुराभावनको लागि रु २३ हजार रकम फ्रिज भएको हो । सविक जावाभारी, विरपुर र विशनपुरको लागी छुट्याएको ३ लाख, ५३ हजार, वडा नं ८ का सम्पुर्ण गाउमा बाटो ग्राभेलको रु १ लाख ५६ हजार, चन्द्रौटा हाटबजारमा टहरा निर्माणको ७८ हजार रकम, रुद्रपुर लिङरोड देखी जवाभारी हुदै बेउवा, विजय गोदम सम्मको लागि सडक स्तारिकरणको रु ३ लाख ९२ हजार रकम फ्रिज भएको हो । रकम फ्रिज हुनुमा नगरपालिका कर्मचारीहरुको गल्ती रहेको राजनितिक दलका प्रतिनिधीहरुले बताएका छन ।

– See more at: http://hamrosagarmatha.com/archives/7502#sthash.JpzsHdbU.dpuf

धेरै कमेन्ट गरिएका

ताजा उपडेट