जापानसंग निहु खाेज्दै चीन , जलक्षेत्रमा जहाज घुसपैठ

काठमाडौं। जापानको जलक्षेत्रमा चीनको चार वटा जहाजले घुसपैठ गरेको छ। यी जहाजहरू विवादित सेङ्काकू टापु नजिककै प्रवेश गरेका थिए। जापानी मीडिया अनुसार, यो जापानको जलक्षेत्रमा चीनको जहाजहरूको घुसपैठको ३७औं घटना हो।
जापान प्रशासित सेङ्काकू टापुमा चीनले पनि दाबी गर्ने गरेको छ। उसले यसलाई डियाओयू भन्ने गरेको छ। जापानले १८९५ देखि यस टापुमा आफ्नो सम्प्रभुता कायम राखेको छ ।
चीनले भने १७२३ र १७८६ को जापानी मानचित्रहरूको उल्लेख गर्दै यसलाई आफ्नो क्षेत्र मान्दछ। जापानका विदेश मन्त्री योशिमासा हयाशीले बिहीबार यस घुसपैठप्रति चिन्ता व्यक्त गरेका थिए।
Facebook Comments Box
