२२ बैशाख २०८१, शनिबार

ऊर्जा सहकार्यका बारेमा नेपाल र भारतबिच छलफल

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवबिच ऊर्जा सहकार्यका विविध आयामका बारेमा छलफल भएको छ ।

ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा भारत भ्रमणमा गएको तीन सदस्यीय टोली र भारतका ऊर्जा सचिव आलोक कुमार बिच द्विपक्षीय ऊर्जा सहकार्यको सम्बन्धमा सकारात्मक छलफल भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार दुई देशबिचमा ऊर्जा क्षेत्रको सहकार्य र त्यसका विविध आयामका बारेमा छलफल भएको हो ।
प्रवक्ता भेटुवालले गत कात्तिक ३० गते भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय हित र चासोका अतिरिक्त ऊर्जा क्षेत्रका साझा चासोका बारेमा सकारात्मक कुराकानी भएको जानकारी दिए ।

ऊर्जा सचिव नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्केको थियो । नेपालले केही दिन पहिलेदेखि भारतलाई ३९ मेगावाट बिजुली निर्यात गरिरहेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट