२२ बैशाख २०८१, शनिबार

नेपाली कंग्रेसका युवा नेता गंगा बहादुर विष्टको शसक्त र बलियो उम्मेद्वारको रुपमा

कपिलवस्तु : नेपाली कांग्रेसको कपिलवस्तु क्षेत्र नं २ को संघीय सभापतिमा युवा नेता गंगाबहादुर विष्ट बलियो उम्मेद्वारको रुपमा देखिएका छन् । पूर्व नगर सभापति समेत रहेका विष्टको पार्टीप्रतिको लगनशीलताले पनि यसलाई प्रष्ट्याउने कपिलवस्तु कांग्रेसका नेताहरु बताउँछन् ।

सबै अग्रजहरुको साझा उम्मेद्वारका रुपमा रहेका उनी स्थानीयदेखि क्षेत्रीय र केन्द्रसम्मका कांग्रेस नेताहरुकाे विश्वासका पात्रमा गनिने नेताहरु बताउँछन् । कपिलवस्तुको जनस्तरमा समेत राम्रो प्रभाव भएका युवा नेता विष्ट क्षेत्र नं २ को संघीय सभापतिमा आफु विजयी हुनेमा विश्वस्त छन् ।

युवा नेता विष्टले यही मंसिर ६ गते हुन लागेको कांग्रेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा आफुलाई मत दिएर क्षेत्र नं २ संघीय सभापतिमा विजयी गराउन पार्टीका वडा सभापति, गाउँपालिका सभापति तथा नगर सभापति र क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

साथै युवा नेता विष्टले आफुलाई मत दिई कांग्रेसको गुट उपगुट अन्तय गर्ने महाअभियानमा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट