जसपा अध्यक्ष उपेन्द्र यादव कपिलवस्तु आउँदै

सेयर गर्नुहोस

कपिलवस्तु, कार्तिक २३ । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव जसपाको पार्टी सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्न भोलि बुधबार कपिलवस्तु आउनु हुने भएको छ ।

कार्तिक २४ र २५ गते जसपा कपिलवस्तुले आयोजना गरेको दुई दिवसीय बैठक, जनसभा तथा पार्टी प्रवेश जस्ता कार्यक्रमलाई अध्यक्ष यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जनाउनुभएकाे छ ।

कपिलवस्तुमा बुधबार बिहान जिल्ला पार्टीद्धारा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई पकडी चौराहामा सम्बोधन गर्ने कार्यक्रम जसपा कपिलवस्तुले तय गरेको छ । त्यस्तै अध्यक्ष यादवले बिहिबार बिहान ८ बजे जिल्लाको औधोगिक एवं व्यापरिक क्षेत्र कृष्णनगर नगरपालिकाका उद्योगी, व्यापारी उच्चपदस्थ बुद्धिजीविहरुसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Facebook Comments Box