माेदी फेरि विश्वका सबैभन्दा लाेकप्रिय नेता
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि विश्वका सबैभन्दा लोकप्रिय नेता चुनिएका छन् । अमेरिकी डेटा इन्टेलिजेन्स फर्म द मर्निङ कन्सल्टको सर्भे अनुसार मोदी अप्रुभल रेटिङमा शीर्ष स्थानमा रहन सफल भएका हुन् ।उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित १३ राष्ट्रका प्रमुखहरुलाई पछि छाडेका छन् । मोदीको अप्रुभल रेटिङ सन् २०२० को मे महिनामा ८४ प्रतिशत पुगेको थियो ।
उक्त सर्भेका अनुसार मोदीको लोकप्रियतामा कोरोनाको दोस्रो लहरका बेलामा केही कमी आएको थियो । अहिले मोदीको अप्रुभल रेटिङ ७० प्रतिशत रहेको छ । गत ५ नोभेम्बर (शुक्रबार) अपडेट गरिएको सर्भेअनुसार मोदीपछि मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोर ६६ प्रतिशतसहित दोस्रो, इटालीका प्रधानमन्त्री मारियो द्रागी ५८ प्रतिशतसहित तेस्रो स्थानमा छन् ।
Facebook Comments Box
