१३ बैशाख २०८१, बिहीबार

भारत र इजरायलले रक्षा क्षेत्रमा १० वर्ष सँगै काम गर्ने

नयाँ दिल्ली । भारत र इजरायलले रक्षा क्षेत्रमा संयुक्त रुपमा काम गर्ने भएका छन्। दुवै मुलुकको संयुक्त कार्य समूह (जेडब्ल्यूजी) अन्र्तगत रक्षा क्षेत्रमा १० वर्षे रणनीतिमा सँगै काम गर्ने भएका हुन्।

करिब एक दशक लामो रक्षा रणनीतिलाई व्यापक बनाउन दुई देशले संयुक्त रुपमा काम गर्न लागेको भारतको रक्षा मन्त्रालयले बताएको छ। मन्त्रालयले जेडब्ल्यूजीको १५ औं बैठकमा एक दशकको लागि संयुक्त सैन्य कार्य गर्ने निर्णय लिएको बताइएको छ।

विगत पाँच वर्षमा सैन्य हातहतियार वितरण गर्नेमा इजरायल भारतको तेस्रो ठूलो मुलुकमा पर्ने गरेको हिन्दुस्तान टाइम्समा खबर छ। स्टकहल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार भारतमा सबैभन्दा बढी रुसबाट ४९ प्रतिशत, फ्रान्सबाट १८ प्रतिशत र इजरायलबाट १३ प्रतिशत सैन्य हतियार आयात हुने गर्छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट