पाकिस्तानमा क्रुरुरता, सेना प्रमुखको राजीनामा माग गर्नेलाई ५ वर्ष जेल

सेयर गर्नुहोस

इस्लामावाद । सेना प्रमुखको राजीनामा माग गर्दा पाकिस्तानको सैनिक अदालतले एक व्यक्तिलाई पाँच वर्षको जेल सजाय सुनाएको छ। सेना प्रमुख जनरल कमार जाभेद बाजवाको राजीनामा माग गर्दा अदालतले रिटायर्ड सेना प्रमुखका छोरालाई जेल सजाय सुनाएको हो।

रिटायर्ड सेना प्रमुख जनरल जफर मेहदी अस्करीका छोरा हसन अस्करीलाई सैनिक अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको बताइएको छ।

आरोपित अस्करीले पत्रमार्फत गत वर्षको सेप्टेम्बरमा सेना प्रमुख बाजवाको कार्यकाल बढाएकोमा आलोचना गर्दै राजीनामा माग गरेको र सोही आरोपमा पक्राउ परेका उनलाई सैनिक अदालतले हालै जेल सजाय सुनाएको बीबीसी उर्दु सेवालाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआइले शनिबार उल्लेख गरेको छ।

Facebook Comments Box