१५ बैशाख २०८१, शनिबार

आफुलाई स्वतन्त्र राष्ट्र मान्दै आएकाे ताइवानलाई चीनकै हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीको भनाइ


बेइजिङ । ताइवानले चीनको हिस्सा हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीले बताएका छन्। चीनका वरिष्ठ कुटनीतिज्ञसमेत रहेका विदेश मन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ र अमेरिकालाई जवाफ दिँदै सो बताएका हुन्।

जी २० को शिखर सम्मेलनमा शुक्रबार अमेरिकाले ताइवानलाई संयुक्त राष्ट्रमा अर्थपूर्ण सहभागिता जनाउन आह्वान गरेको थियो। अमेरिकाको आह्वानप्रति आपत्ति जनाउँदै विदेशमन्त्री यीले सो बताएका हुन्।

‘चीनको ५० वर्ष पुरानो एक चीन सिद्धान्त अमेरिका लगायत अन्य मुलुकहरुले हालसम्म रोक्न सकेका छैनन्। चीनको सो सिद्धान्तलाई ती मुलुकहरुले २१ औं शताब्दीमा समेत रोक्न सक्दैनन्’, चिनियाँ सञ्चारमाध्यमसँग यीले भनेका छन्, ‘ताइवानसँगको विषयमा अमेरिका र अन्य मुलुकहरुले एक चीन सिद्धान्तसँग जोडिएको आफ्नो राजनैतिक प्रतिबद्धता तोड्न खोजिरहेका छन्। जुन चीनले कहिल्यै तोड्न दिने छैन। त्यसैले ताइवान चीनसँग पुनर्मिलन गर्नेबाहेक अन्य विकल्प छैन।’

धेरै कमेन्ट गरिएका

ताजा उपडेट