२३ बैशाख २०८१, आईतवार

नाकामा काेविड चेकजाँच, परिचयपत्र व्यवस्थापन ,अफगानी र अन्य देशका नागरिक कति छन ? पत्ता लगाउन गृहकाे निर्देशन


काठमाडौं । केन्द्रीय सुरक्षा समिति बैठकमा देशको सुरक्षा व्यवस्थाबारे छलफल भएको छ। शुक्रबार गृहमन्त्रालयमा बसेको बैठकमा कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो।

बैठकमा अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थक कडाइ गर्ने निर्णय भएको थियो। बैठकमा कडाइ गर्नका लागि नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउने , अध्यागन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय भएको थियो।
त्यस्तै पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकोले नाकामै स्वास्थ्य जाँच गर्ने पनि निर्णय भएको थियो। त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भयो।

बैठकमा अफगानी नागरिक र अन्य देशका नागरिक कति छन् भन्ने बारेमा सुरक्षा निकायका प्रमुखहरूले कार्यबाहक प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए।
बैठकमा कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री खाणले अनाधिकृतरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्नु पर्ने बताए।

कार्यबाहक प्रधानमनत्री खाणको सक्रियतामा बसेको बैठकमा रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुन्न कुमार कार्की सहभागी थिए।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आमन्त्रित थिए। समसामयिक विषयमा थप छलफल गर्न छिटै अर्को बैठक आइतबार पुनः बोलाइएको छ।

धेरै कमेन्ट गरिएका