तालिबानले चीनलाई सुरक्षा दिने

सेयर गर्नुहोस

दोहा । तालिबान सरकारले चीनको रक्षा गर्ने प्रतिज्ञा गरेको छ। चीनको सुरक्षा महत्वलाई ध्यानमा राख्दै तालिबानले प्रतिज्ञा गरेको हो।

सोमबार तालिबानको अन्तरिम सरकारका कार्यकारी उप प्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादर र चिनियाँ विदेशमन्त्री वाङ सीबिच कतारको राजधानी दोहामा भेटवार्ता भएको थियो। भेटमा बरादरले वाङ सीसमक्ष अफगानिस्तानको वर्तमान अवस्थाबारे संक्षिप्त जानकारी दिएका थिए। सो अवसरमा बरादरले चीनको सुरक्षालाई ध्यानमा राखी चीनको नोक्सान गर्न खोज्ने कुनैपनि वाह्य शक्तिलाई अफगानिस्तानको भूमि प्रयोग गर्न नदिने प्रतिज्ञा गरेको ग्लोबल टाइम्सले जनाएको छ।

‘अफगान तालिबानले चीनको सुरक्षा चासोलाई महत्वका साथ हेरेको छ। चीनको हानि पुर्याउन चाहने कुनैपनि वाह्य सेनालाई तालिबानले अफगान भूमि प्रयोग गर्न नदिने र चिनियाँ सुरक्षाको रक्षा गर्ने प्रतिज्ञा गरेको छ,’ ग्लोबल टाइस्मले उल्लेख गरेको छ।

अफगानिस्तानका जनताको आवश्यकता पूरा गर्न र विगतको अनुभवबाट सिकेको पाठमार्फत राष्ट्रको परिस्थितीबाट उम्किन तालिबान सरकारले कडा परिश्रम गरिरहेको छ। अफगानिस्तानको मानविय संकटको सामना गर्न चीन र अन्य अन्तराष्ट्रिय समुदायले सहायता प्रदान गर्ने अपेक्षा तालिबान सरकारले गरेको समेत ग्लोबल टाइम्समा उल्लेख छ।

Facebook Comments Box