२३ बैशाख २०८१, आईतवार

सुडानमा भारतीय सैेनिकहरु संयुक्त राष्ट्र पदकबाट सम्मानित

आइएनएन । दक्षिण सुडानमा दिएको योगदान का निम्ति ३० भारतीय शान्ति सैनिकहरू संयुक्त राष्ट्र पदकबाट सम्मानित भएका छन् । दक्षिण सुडानमा दिगो शान्ति स्थापनाका गरेको भन्दै संयुक्त राष्ट्र प्रहरी विभाग का ३० भारतीय शान्ति सैनिकहरूलाई संयुक्त राष्ट्र पदक दिइएको हो ।

शान्ति स्थापनाको लागि भारतले महत्त्वपूर्ण लामो र गौरवशाली योगदान दिएको छ। यस महिनाको सुरुमा, भारतका ८ सय ३६ जना शान्ति सैनिकहरूलाई हालै प्रतिष्ठित संयुक्त राष्ट्र पदकबाट सम्मानित गरिएको थियो।

दक्षिण सुडानमा कार्यरत संयुक्त राष्ट्र मिसन (अनमिस) को वेबसाइटमा अक्टोबर ४ तारिख मा जनाइए अनुसार माथिल्लो नाइल, मलाकलमा शान्तिको लागि सेवा गरिरहेका भारतीय शान्ति सैनिकहरू सधैँ आफ्नो कार्यक्षेत्रमा कुनै न कुनै चुनौतीहरूको सामना गर्दै आएका छन्।

यस वर्ष मे महिनामा, दक्षिण सुडानमा संयुक्त राष्ट्र मिसन (अनमिस) अन्तर्गत जोङ्लेई राज्य र ग्रेटर पिबोर प्रशासनिक क्षेत्रमा तैनाथ १ सय ३५ जना भारतीय शान्ति सैनिकहरूलाई उनीहरूको ‘उत्कृष्ट प्रदर्शन’ का लागि संयुक्त राष्ट्र पदकद्वारा सम्मानित गरिएको थियो।

फेरि मे महिनामा नै कर्तव्य पालना गर्दा आफ्नो जीवन अर्पण गरेका तीन भारतीय शान्ति सैनिकहरूलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो। दक्षिण सुडानमा संयुक्त राष्ट्र मिसन (अनमिस) मा काम गर्ने कर्पोरल युवराज सिंह र दुई नागरिक शान्ति सेना – अनमिस मा काम गर्ने इभान माइकल पिकार्डो र इराक संयुक्त राष्ट्र सहायता मिसन (युनामि) का लागि काम गर्ने मूलचन्द यादवलाई संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवसको अवसरमा डाग ह्यामरस्कजोल्ड पदकको साथ सम्मान गरिएको थियो।

गत वर्ष पनि ८३ जना सैन्य, प्रहरी र नागरिक कर्मचारीहरू मध्ये पाँच भारतीय शान्ति सैनिकहरूलाई मरणोपरान्त संयुक्त राष्ट्र सङ्घको प्रतिष्ठित पदकले सम्मानित गरिएको थियो।

धेरै कमेन्ट गरिएका