२९ असार २०८१, शुक्रबार

प्रमुख जिल्ला अधिकारी ढकालद्धारा ईलाका प्रसासन कार्यलय चन्द्रौटा कपिलवस्तुको निरीक्षण ।। चन्द्रौटा उधोग वाणिज्य संघद्धारा ढकाललाई भव्य स्वागत ।।

15878243_145146045976901_836303817_o
कृष्ण गैरे , १९ चन्द्रौटा कपिलवस्तु
प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले आज ईलाका प्रसासन कार्यलय चन्द्रौटा कपिलवस्तुको निरीक्षण गर्नुभएको छ । कार्यलयलयको निरीक्षण गर्दै ढकालले सेवाग्राहीलाई छितो छरितो सेवा दिन कार्यलयका कर्मचारीलाई निर्देसन दिनुभएको छ

। चन्द्रौटा नापी कार्यलयका प्रमुख , मालपोत कार्यलयका प्रमुख नगरपालीका का कार्यकारी अधिकृत सेक्टर वन कार्यलय चन्द्रौटाका प्रमुख आन्तरिक राजश्व कार्यलय कृष्णनगरका अधिकृत लगायतलाई प्रमुख जिल्ला अधिकारीले जनताको काममा वहाना वाजी नगरी काम गर्न निर्देसन दिनुभएको छ ।

ढकाललाई ईलाका प्रसासन कार्यलयमा स्वागत गर्दे कार्यलय प्रमुख मेगनाथ पाध्ययले कार्यलयको वारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नगर विकास समिति चन्द्रौटाका अध्यक्ष हरि प्रसाद पोख्रेलले चन्द्रौटामा स्थापना भएका सरकारी कार्यलयको भवन निमार्णको लागी सार्वजनीक जग्गा व्यवस्थपनको लागी आवश्यक पहल गर्न प्रमुख जिल्ला अधिकारी ढकाललाई आग्रह गर्नुभएको थियो ।
यसैविच चन्द्रौटा उधोग वाणिज्य संघले कार्यलय प्रागंणमा एक भव्य कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाललाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
स्वागत तथा अन्तरक्रिया कार्यक्रममा चन्द्रौटा क्षेत्रका व्यापारी , राजनैतिक दल , संघसंस्थाका प्रतिनिधीले यस क्षेत्रको सान्ति सुरक्षामा पुर्ण प्रत्याभुती दिलाउनको लागी प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका थिए ।

चन्द्रौटा क्षेत्रमा देखिएका सान्ति सुरक्षा , विकास निर्माण , सरसफाई , प्रेटोलियम पद्धार्थको अभाव लगायतका विषयमा ढकाल समक्ष गुनासो गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकाललाई स्वागत गर्दै चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष जमसेद अलि मियाले चन्द्रौटामा गाडि पार्किङगको अभावले चन्द्रौटा क्षेत्र कुरुप वन्दै गएको भन्दै जग्गाको व्यस्थापनका लागी पहल गरिदिनुहुन आग्रह गर्नुभएको थियो ।
जवाफमा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले यातयात व्यवसायिय, राजनैतिक दल, स्थानिय व्यतmी संग छलफल गरि तत्काल पार्किङगको व्यस्था गरिने वताउनुभयो

कार्यक्रमलाई सम्वोधन गर्दै ढकालले जनताको भावनालाई कदर गर्दै काम गर्न कपिलवस्तुका कार्यलय प्रमुखहरुलाई निर्देसन दिएको वताउनुभयो । सरकारले पुजीगत तर्फको वजेट खर्च नभएको भनेर गुनासो गरेकाले विकास काममा कार्यलय प्रमुखहरुलाई समयमै काम गर्न निर्देसन दिएको समेत वताउनुभयो
ढकालले माछा , मासु काटेर जथाभावि फोहर फयाक्नाले चन्द्रौटा वजार दुर्गन्धीत भएको भन्ने गुनासो आएकाले नगरपालीकालाई फोहर नियन्त्रणको लागी अगुवाई लिएर काम गर्न निर्देसन दिनुभयो । जथाभावि फोहर पयाक्नेलाई कैद संजाय हुने भएकाले सचेत वन्न सवैलाई आग्रह गर्नुभयो

चन्द्रौटा उधोग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रमुख एस पि भोज जंग साह , शसत्र प्रहरी विन्दवासिनी गणका एस पि , सुर्वण थापा मगर , चन्द्रौटा , कृष्णनगरका विभिन्न कार्यलयका कार्यलय प्रमुख , नेपाली काग्रेस का जिल्ला कार्यवाहक सभापति अव्दुल कलाम खां , यस क्षेत्रका विभन्न राजनैतिक दलका प्रतिनिधि ,संघसस्थाका प्रतिनिधि , संचारक्रमी लगायतको आतिथ्यता रहेको थियो कार्यक्रम संघका अध्यक्ष जमसेद अलि मियाको अध्यक्षता र महासचिव नारायण भाट क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट