प्रधानसेनापतीद्धारा स्युराज स्मारक उद्घाटन, अंग्रेज युद्धको झल्को दिंदै नाटक प्रदर्शन

सनिउल्ला धोबी, चन्द्रौटा कपिलवस्तु पुस १७
नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्रीले कपिलवस्तुको बहादुरगन्जमा रहेको स्युराज स्मारक समुद्घाटन गर्नु भएको छ । नेपाली सेनाका प्रधानसेनापती क्षेत्रीले “ ऐतिहासिक कालखण्ड र घटनाक्रम “ ऐतिहासिक रुपमा परिचित स्यूराज स्मारकको समुदघाटना गर्नु भएको हो । स्युराज क्षेत्रमा अनेकौ घटनाहरु महत्वपूर्ण रहेको भन्दै सो क्षेत्रलाई पार्क बनाइएको छ । सो समुद्घाटना कार्यक्रममा नेपाली सेनाको महिाला सघंको अध्यक्ष रिता क्षेत्री,राष्ट्र विकास तथा सुरक्षा महानिर्देशक उपरथी अनुज बहादुर बस्न्यात, पश्चिम पृतनापती उपरथीजगदिश चन्द्र पोखरेल, २२ नं बहिनीका सहयाक रथी राजु बस्न्यात, प्रमुख जिल्ला अधिकारी विष्णु प्रमुख ढकालm, स्थानिय विकास अधिकारी चन्द्र कान्त न्यौपाने, सुरक्षा निकायका प्रमुख , सरकारी कार्यलायका प्रमुख लगायत उद्योगी व्यापारी, समाजसेवी पत्रकारहरुको सहभगीता रहेको थियो । नेपाली सेनाले आजको कार्यक्रममा तत्कालिन समयमा कसरी नेपाली भुमी जोगाएको नाटक समेत प्रस्तुत गरिएको थियो । नेपाली सेनाले अप्नो भुभाग कसरी कम्पानी सग लडेको नाटकमा समावेस गरिएको थियो ।
कपिलवस्तुको बहादुरगन्जमा रहेको स्युराज स्मारक ऐतिहासिक रुपले अत्यन्त महत्व बोकेको लामो मयसम्म ओझेलमा परेकोले मर्मत सम्भार गरि एक स्मारकको रुपमा विकास गरिएको हो । नेपाली सेनाले गरि गर्नका लागि स्मारकको बनाइएको हो । बृगेडियर जनरल डा. प्रेमसिंह बस्न्यातद्धारा लिखित नेपाल अंगे्रज युद्धको २०० बर्ष ऐतिहासिक पुस्तकलाई मुख्य आधार बनाएर स्युराज क्षेत्र विगतको समयमा एउटा महत्वपुर्ण गौडाको रुपमा प्रयोग भएको थियो ।
स्युराज क्षेत्र कृष्णनगर(चन्द्रौटा करिडोरमा पर्ने बहादुरगंज बजारको करिब ३०० मिटर पश्चिम फैलिएको छ । करिब ३ कट्ठा क्षेत्रफलमा फैलिएको निर्माणाधीन स्यूराज पार्कमा बिगतमा प्रयोग भएको ब्यारेकको भग्नावशेष समेत संरक्षीत गरिएको छ । दक्षिणपूर्वी दिशामा करिब २१ फिट गहिरो इनार भटिएको छ । पार्कका मरम्मत संभार गोरुसिगेमा रहेको कालीजंग गणले गरेको छ ।
सन १७५० को दशकदेखि ब्रिटिस साम्राज्यले वर्तमानको भारतलाई आफ्नो औपनिवेशक अभियानमा गाभ्ने क्रममा नेपालमा कुदृष्टी लगाएको थियो ।
पाल्पा राज्य नेपालमा गाभिएपछि पाल्पा राज्यको भोगचलनमा रहेको बुटवलको जितगढी किल्ला तथा स्यूराज क्षेत्रका केही मौजाहरुको सम्बन्धमा अंग्रेज र नेपाल बीच बि.स. १८६८ मा बिवाद उब्जिएको थियो । एकिकरणको क्रममा यस क्षेत्रमा अस्तित्वमा रहेकोपाल्पा राज्य एउटा अत्यन्त शक्तिशाली राज्य थियो ।
कम्पनी सरकारका अंग्रेज गर्भनर जनरल लर्ड मोईराले गोरखपुर क्षेत्र प्रमुखको आदेश स्वरुप नेपाल कै बिवादित जग्गा खाली गरि कब्जा गर्न लागे त्यसैबीच तत्कालीन मुख्तियार जनरल भिमसेन थापाले सशक्तरुपले मुठभेड नै गर्ने निर्णय गरेको इतिहासका उल्लेख गरीएको छ ।
फलस्वरुप पाल्पा क्षेत्रका संरक्षक आफ्नै पिता अमरसिहं थापालाई अंग्रेजी सैनिकलाई बलपूर्वक रोक्न राजा गीर्वाण विक्रम शाहको आदेश पठाए । यता गोरखपुरका अंग्रेज प्रशासकले आफ्ना ३ टुकडीलाई बुटवल स्यूराज क्षेत्रका विवादीत जग्गा बलपूर्वक कब्जा गर्न पठायो । पछि भीमसेन थापाको निर्देशनमा अमरसिंह थापाले सरदार जगदेव भण्डारीको नेतृत्वमा बि.स. १८७१ जेष्ट २८ गते कम्पनी सरकारका कब्जामाथि आक्रमण गराई १८ जना अंग्रेजी सैनिक मारीए ६ जान घाइते भए । सोही समय नेपालले बुटवल र स्यूराज क्षेत्र आफ्नो पकडमा लिएको थियो । पराजयबाट क्रृद्ध भएको कम्पनी सरकारले
यही घटना लगात्तै सन् १८१४ नम्बर १ मा नेपाल विरुद्ध युद्धको घोषणा गरेको थियो । सन् १८१६ मा भएको सुगौली सन्धिमा नेपालले आप्नो एक तिहाई भुभाग इष्ट इन्डिया कम्पानीलाई सुम्पीनु परेको थियो ।
