सनिउल्ला धोबी,कपिलवस्तु पुस १७
नेपाली कांग्रेस क्षेत्र नं. ५ का क्षेत्रीय सभापति अकिल मियाले देश विकासको मुख्य जिम्मेबारी युवाहरुको काँधमा आएको बताउनु भएको छ । उहाले युवाहरुले खेलकुदको माध्यमबाट देश विकासमा ठुलो योगदान पुर्याउन सक्ने बताउनु भयो । सभपती मियाले जिल्लाको पहिचान र आपसी सद्भावमा खेलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको खेलाडीको रुपमा अगाडि बढ्न सबैलाई सुझाव दिनु भयो । साथै खेलकूदको विकासको लागि आफूले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता समेत जाहेर गर्नु भयो । कपिलवस्तुको पत्थरदेइया बरगदवामा संचालन भएका जिल्ला स्तरीय क्रिकेट नकआउट क्रिकेट प्रतियोगितामा उहाले यस्तो बताउनु भएको हो ।
खेलको उद्घाटनसँगै एक भव्य समाराहबीच नेपाली कांग्रेस क्षेत्र नं. ५ का क्षेत्रीय सभापति अकिल मियाले रिबन काटेर ब्याटिङ गर्दै खेलको उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटनमा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बलिङ गरेका थिए ।
कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले जातभात र धर्मभन्दा माथि उठेर सदभाव काम गर्ने एक मात्र काम नै खेल रहेको बताए । खेलले नै जिल्लादेखि अन्तर्राष्ट्रिय स्तरसम्मको पहिचान कायम गर्न ठूलो मदत पु¥याउने हुँदा खेलाडीहरुलाई अगाडि बढ्न हौसला दिए । साथै कपिलवस्तुको पश्चिमी भेगमा समेत पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको औल्याउँदै खेलकूदको विकासमा सबैले हातेमालो गरी लाग्नुपर्ने बताए ।
यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका संस्थापक जिल्ला उपसभापति ब्रम्हानन्द उपाध्याय, नेपाली कांग्रेस जिल्ला सदस्य उमाकान्त खनाल, राप्रपाका केन्द्रिय सदस्य अजय थापा, नेविसंघका केन्द्रिय सदस्य विशाल गुप्ता, नेकपा एमाले क्षेत्रीय सचिव बुद्धिराम अर्याल, तमलोपाका जिल्ला सदस्य बालजीप्रसाद चौधरी, समाजसेवी तिलकराम कँडेल लगायतले खेललाई मैत्रीपूर्ण बनाउनुपर्नेमा जोड दिएका थिए ।
खेलमा भारतका ४ सहित कूल १६ समूहबीच पतिष्पर्धा हुने आयोजक संस्थाका अमर पौडेलले जानकारी दिएका छन् । खेलको उद्घाटन सत्रमा कृष्णनगर र चन्द्रौटाका टिमबीच प्रतिष्पर्धा भएको थियो ।
3