१६ चैत्र २०८०, शुक्रबार

समयथान बहुमुखी क्याम्पसलाई विशेष सहयोग गर्ने कपिलवस्तुका संसदहरुको प्रतिबद्धता

14610582_950474281724430_343834564_n

सनिउल्ला धोबी,कपिलवस्तु असोज २३
कपिलवस्तुका संसदहरुले समयथान बहुमुखी क्याम्पसको प्रगति र बिकासको लागि अलग अलग पार्टि नभनी एक भएर लाग्ने र संसद बिकाश कोषबाट क्याम्पसलाई विशेष रुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । क्षेत्र नं ४ सांसद सुरेन्द्रराज आचार्य ,क्षेत्र नं १ संसद बलराम अधिकारी, समानुपातीक संसद डोर प्रसाद उपाध्याय, विश्राम प्रसाद चौधरीले समयथान बहुमुखी क्याम्पसलाई सहयोग गर्ने बताएका छन ।

समयथान बहुमुखी क्याम्पस खरेन्द्रपुरको आयोजनामा हिन्दुहरुको महान चाड बिजयादशमी, दिपावली तथा छठ पर्बको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रमका ेसंसदहरुले समयथालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । कार्यक्रममा क्याम्पसलाई जग्गा दान दिनु हुने समाजसेबी राजेश्वर सिंहलाई सम्मान गरीएको थियो ।
त्यस्र्तै संबिधान कार्यान्वयनमा सहमतिबाटै अघि बढ्ने र बिबिधताको धर्म र संस्कृतिक रहेको देशमा चाड पर्बले सद्भाव र सहमति कायम होस् भन्ने भाव सहितको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल काग्रेसका महासमिती सदस्य तथा समाजसेवी प्रेम ब. रायमाझीको अध्यक्षता रहेको थियो । विशिष्ट अतिथिहरुमा क्षेत्र नं ४ सांसद सुरेन्द्रराज आचार्य , क्षेत्र १का संसद बलराम अधिकारी, समानुपातीक संसद डोर प्रसाद उपाध्याय, विश्राम प्रसाद चौधरी रहनु भएको थियो ।

अन्य अतिथिहरुमा नेपाली काग्रेस जिल्ला सदस्य तथा समाजसेवी हुमाकन्त खनाल, हरि प्रसाद पोखेल, महिला नेतृ सन्तोषी पाण्डे,समाजसेवी भेषराज भुसाल पूर्ब सांसद इलिहास मुसलमान उपस्थिति रहेको थियो । कार्यक्रममा क्याम्पसको बस्तुगत अवस्था र प्रगति बिवरण क्याम्पस प्राचार्य नामदेब खनालले प्रस्तुत गर्नू भएको । स्वागत मन्तब्य प्राध्यापक नारायण प्रसाद पोख्रेलले गर्नु भएको थियो भने सञ्चालन प्राध्यापक दधिराम आचार्यले गर्नु भएको हो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट