जसपा नेपाल द्वारा वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न
इमरान खान / कपिलवस्तु ६ कात्तिक । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मुडफुवामा जनता समाजवादी पार्टी नेपालको वडा भेला तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका अध्यक्ष रामकुमार यादवको अध्यक्षता तथा हजारौं जनसहभागितामा सम्पन्न भेलाबाट कंग्रेस, नेकपा,लो.स.पा. लगायतका पार्टी परित्याग गरी २५० जना भन्दा बढी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन । विशिष्ट अतिथि लुम्बिनी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री सहसराम यादव द्वारा टिका माला लगाइ पार्टी प्रवेश गराएका छन । कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री दान बहादुर चौधरी प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ, मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी, जसपा नेपालका कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद खाँ को उपस्थितमा तथा कार्यक्रम सञ्चालक सुग्रीम यादवको सन्चालकमा कार्यक्रम सम्पन्न भएको थियो ।
