१४ बैशाख २०८१, शुक्रबार

दलित समुदायलाई दसैँ मनाउन समस्या

सिमकोट । हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ । कोरोना महामारीका उनीहरू बेरोजगारीमा बस्न बाध्य छन् । दसैँका आर्थिक स्रोत जुटाउन उनीहरूले आफ्नो घरमा राखेको सुन समेत कर्जामा राखेका जनाइएको छ ।
ताँजाकोट वडा २ का सिमान विश्वकर्माले दसैँ मनाउनका लागि चरम आर्थिक अभाव भएको गुनासो गरे । उनले भने,“ म सधैँ कमाई गर्न भारत जान्थे । गत वर्ष र यस वर्ष कोरोना महामारीको डर लागेर जान पाइएन । श्रीमतीको कानमा लगाउने आधा तोलाको सुनको गहना विक्री गरेर दसैँ मनाउने जोहो छु । ”

वर्षको एक पटक आउने चाड भएका कारण सबैको घरमा मीठो मसिनो खाएर रमाउने देखेर आफूले पनि घरमा जे जति भएको त्यही सुनको गहना विक्री गरेर दसैँ मनाउन लागेको उनको भनाइ थियो । उनले भने, “ रोजगारीका लागि भारत, चीन लगायतका देशमा गएर काम गरेर दसैँ मनाउन पैसा कमाइन्थ्यो । यस वर्ष त्यसो हुन सकेन । ”
यस्तो पीडा उनको मात्र नभई जिल्लाका अन्यको पनि उस्तै छ । सिमकोट गाउँपालिका वडा ६ का रामबहादुर सुनारले यस वर्षको दसैँ आर्थिक अभावका कारण मनाउन नसकिएको बताए ।

दसैँमा निको नौलो, मिठो मसिनो खाने रहरमा राष्ट्रिय वाणिज्य बैङ्कमा सुन राख्न जाँदा बैङ्कले सुन नराखेपछि यस वर्षको दसैँ दशा जस्तै भएको उनको गुनासो छ । कोरोना कहरका कारण यहाँको हिल्सा नाका नखुलेपछि यस वर्ष खसिको मूल्य पनि यहाँ आकासिएको छ ।हाम्रा कुरा

धेरै कमेन्ट गरिएका

ताजा उपडेट