क्याव समूह अमेरिका, जापान, अष्ट्रेलिया र भारतको संयुक्त सैन्य अभ्यास जारी, चीनकाे कम पार्ने रणनिति

सेयर गर्नुहोस

नयाँ दिल्ली । संयुक्त राज्य अमेरिका, जापान, अष्ट्रेलिया र भारतले संयुक्त सैन्य अभ्यास जारी राखेका छन्। क्वाड समूहको रुपमा चिनिने चार मुलुकले हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास जारी राखेका हुन्।

मालाबर नाम दिइएको सो सैन्य अभ्यास मंगलबारदेखि बिहीबारसम्म हिन्द महासागरको बे अफ बंगालमा चल्ने पेन्टागोन प्रेसका सचिव जोन किर्वीले बताएका छन्। सो अभ्यासमा दुई जापानी अनुरक्षण जहाज, अमेरिकी नौसेनाको परमाणु शक्तिबाट चल्ने सैन्य विमान, अष्ट्रेलियन युद्धपोत र भारतीय ध्वंशक युद्धपोत प्रयोग गरिएको बताइएको छ।

चीनको बढ्दो आर्थिक र सैन्य प्रभावको सामना गर्नुको साथै खुला र स्वतन्त्र प्रशान्त क्षेत्रको लागि चार सदस्यीय क्याव समूहले सँगै काम गरिरहेका छन्। यसअघि सुरक्षा सहकार्यको नाममा चारवटै मुलुकले अगष्ट अन्तिममा संयुक्त सैन्य अभ्यास गरेका थिए।

Facebook Comments Box