उपेन्द्र यादवमाथि एकलबादकाे आराेप लगाउदै जसपा नेता यादवले दिए राजिनामा ,

बांके । जसपाका नेपालगंज उपमहानगर समिति बांकेको अध्यक्ष श्रावण कुमार यादवले आफ्नाे पदबाट राजीनामा गरेका छन ।
जसपा नेपालका सक्रिय नेता यादवले पार्टीका निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै केन्द्रिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई को निकम्मापन र अध्यक्ष उपेन्द्र यादवको एकलबादले गर्दा राजिनामा दिएकाे समाजिक संजालबाट जानकारी गराएका छन ।
अधिकांश सांसदहरुको पदलोलुप्तावाद ले गर्दा हामीले अनुसरण गरेको समुन्नत संघिय समाजबाद, समाबेशी समानुपातिक सिद्धान्त अहिले दस्ताबेजमा मात्र सिमित भएको गुनासाे आफ्नोे फेसबुक पेजमार्फत पाेखेका छन । उनले पार्टीकाे कुनैपनि पदमा नरहनेसमेत उल्लेख गरि राजिनामा गरेका हुन ।
Facebook Comments Box
