ओली सरकारले प्रतिशाेध सांधेर मुद्दा दर्ता गराएकाे : गच्छदार

सेयर गर्नुहोस


सुनसरी। नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना गरेको दाबी गरेका छन् । उपसभापति गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू कांग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुद्दा दर्ता गराएको आरोप लगाएका छन् ।

उपसभापति गच्छदारले भने, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुन्डिन तयार छु । मेरो चुनौती छ–राज्यसँग । मेरो चुनौती छ कि मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम्पत्ति पनि हिनामिना गरेको छैन । म निष्कलङ्क छु । ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्दा चलाइएको हो ।’

बुधवार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुन्डिन तयार रहेको चेतावनी समेत दिए । उनले आफू निष्कलङ्क रहेको पनि पटक–पटक दोहोर्‍याएका थिए ।

Facebook Comments Box