भारतले आईसीसीको फण्डिङ बन्द गर्‍यो भने पाकिस्तान क्रिकेट पनि खतम हुनेछ : रमीज राजा

सेयर गर्नुहोस


इस्लामाबाद ।
पाकिस्तानको क्रिकेट बोर्डका अध्यक्ष रमीज राजाले भारतले आईसीसीको फण्डिङ बन्द गरे पीसीबी पूरै खत्तम हुनसक्ने बताएका छन् । एक बैठकमा उनले भने, ‘पाकिस्तान क्रिकेट बोर्ड ५० प्रतिशत आईसीसीको फण्डिङमा चल्छ र आईसीसीको ९० प्रतिशत फण्डिङ भारतीय बजारले दिन्छ ।’

रमीजले भने, ‘मलाई डर छ कि यदि भारतले आईसीसीको फण्डिङ बन्द गर्यो भने पीसीबी पूरै खत्तम हुनसक्छ । पीसीबीले आईसीसीलाई शून्य प्रतिशत फण्ड पनि दिँदैन ।’ भारतीय प्रधानमन्त्रीले आईसीसीलाई फण्डिङ नदिने सोचे भने पीसीबी चकनाचुर हुनसक्छ । राजाले पाकिस्तान क्रिकेट बोर्डलाई मजबूत बनाउन प्रतिबद्ध रहेको जिकिर पनि गरे ।

समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तानले टी–२० विश्वकपमा भारतलाई हराएको खण्डमा उसको लागि खाली चेक तयार रहेको पनि रमीजले बताएका छन् । टी–२० विश्वकपमा भारत र पाकिस्तान २४ अक्टोबरमा दुबईको अन्तर्राष्ट्रिय स्टेडियममा भिड्दैछन् ।
पछिल्लो महिना न्युजिल्याण्ड र इङ्ग्ल्याण्डको क्रिकेट टोलीले सुरक्षा कारण देखाउँदै पाकिस्तानको भ्रमण रद्द गरेको थियो । यसले पाकिस्तानका क्रिकेट प्रेमीहरूलाई निराश बनाएको थियो । रमीजले पीसीबी आर्थिक रुपमा बलियो नभएको कारण ती टोलीहरुले भ्रमण रद्द गरेको पनि बताए ।

Facebook Comments Box