पढेकी छैने भन्दै १२ बर्ष पछी फुलमतीलाई घरबाट निकालियो
सनिउल्ला धोबी, कपिलवस्तु असोज २३ .
फुलमती यादवको विहे भएको १२ बर्ष भयो । एउटी २ बर्षीय छोरी पनि छिन । उनी छोरी ममता सहित अहिले करिब २ बर्ष देखी आपm्नो माइत कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुरमा बस्दै आएकी छिन ।
उनको विवाह सानैमा भयो पछि गौना भएको हो । मधेशमा सानैमा विहे गरे पुण्य प्राप्त हुन्छ भन्दै सानोमा विहे अनि केहि बर्ष पछी गौना गर्ने चलन रहेको । उनको विवाह शिवराज नगरपालिका १३ विशनपुरका राम फेरन यादवका छोरा बब्बु यादवसँग भएको हो । बब्बु यादव पढेलेखका छन तर फुलमती निरक्षर छिन । बब्बु यादव र उनका परिवारले उनलाई अहिले देखी सहदैनन, करण हो फुलमती लेखपढ गर्न जनेकी छैनन । बब्बु यादव बैदेशिक रोजगारको सीलसीलामा दुवाई जाने,आउने गर्छन ।
बब्बु घर आएको बेला फुलमतीका दाई प्रभु यादवले किन मेरो बाहिनीलाई लाग्नु हुदैन भन्दा उनका श्रीमान अब लैजान्न उसको बानीव्यहोरा ठिक छैन भन्दै । आनाकानी गर्छन । प्रभुले विहे गर्दा भने जती दाइजो पनि दिएका थिए अहिले किन मेरो बहिनीलाई अस्वीकार गर्नुहुन्छ भन्द । पढेलेखीकी छैन त्यसैले राख्दैन भन्दै नेताहरुको शोर्स लगाउन मै व्यस्त देखीएको फुलमतीले बताइन । म बेशहरा बनेकी छु मलाई न्याय दिलाउने कोही नभएका उनले दुखेसो पोखीन ।
फुलमतीका दाई प्रभु यादव भन्छन महिलाहरुको हक अधिकारको पक्षमा उनले पटक पटक फुलमतीको बारेमा यहाका क्रियशिल महिला अधिकारकर्मीलाई फोन या प्रत्यक्ष गरी जानकरी गराउदा समेत कोहि उनको पक्षमा बोल्ने कोहि नभेटाएको बताउनु भयो ।
खरेन्द्रपुरका सोमई धोबी भन्छन फुलमतीको बारेमा तिन पटक वडा प्रहरी कार्यलय चन्द्रौटामा समेत छलफल भयो । पहिलो पटक त मैेले घर लैजान्छु भन्दै सहमती गरे उनका श्रीमान बब्बुले । त्यसपछी कागाजमा हस्ताक्षर गरे उनका श्रीमान मोटरसाइकलमा गए उनलाई पैदल लगियो विशनपुर त्यसको ३ दिनमा उनलाई अनेक थरी अरोप लगाएर घरबाट निकालीयो उनी अप्नो माइत खरेन्द्रपुर आइन ।
केहि हप्ता पछी उनलाई पुनं इलाका प्रशासन कार्यलाय चन्द्रौटा बोलाइयो पहिले नगारिकता बनाउने छोरीको जन्मदार्ता बनाउनेका लागि पत्र बनाएर फेरी वडा प्रहरी कार्यालय चन्द्रौटामा बोलाइयो । इलाका प्रशासनको पत्र अनुसार प्रहरीले उनको श्रीमानलाई पनि हजिर गराएको थियो । विशनपुरका एमालेका नेता र काग्रेसका स्थानिय नेताहरुको भनाइमा अब कुटपिट नगर्ने भनेरै कागाज पत्र बनाउने अनि, कागज पत्र बनेपछी विशनपुर लैजाने भनेर सहमती भयो । त्यसको अर्का दिने इलाका प्रशासन कार्यलायमा फुलमती र उनका दाजु प्रभु प्रशासन कार्यलाय पुगे त्यहा उनको श्रीमान पक्षको कोही पनि हजिर भएनन् कागज पत्र अहिले प्रशासन कार्यलयमै रहेको उनका परिवारले बताउछन ।
छलफल गर्दा घर लैजाने कुटपीट गर्ने,खाने नदिने,गालीगालौज गर्ने, बोक्सीको अरोप लगाई एक दुई दिनमा फुलमतीलाई भगाउने समेत गरेको विशनपुरका उनकै छिमेकहरुले बताउछन । फुलमती अहिले बेशहरा बनेकी छीन । विशनपुरका गाउलेहरुको अनुसार अब उनका श्रीमानले आर्कै विहे गर्ने भित्रि योजना रहेको बताउछन । फुलमतीलाई एक दुइ लाख दिएर अनि प्रहरी कार्यलयमा गोप्य रुपमा कगज बनाउने तरखरमा समेत उनी रहेका छन । स्थानिय केही नेता समेत लगेका छ । उनका श्रीमानले विदेशवाट कामएको पैशाले नयाँ घर, टेक्टर, जमिन समेत जोडेका छन । फुलमतीलाइृ अंश दिनुपर्छ भन्दै केही पैशा र जग्गा अर्कैको नाममा समेत कागज गरेका छन ।
बब्बु र उनका भाई गुड्डु,सासु आमा सुगी यादव समेत फुलमतीलाई नल्याउने बताएका छन ।
के नपढनु फुलमतीको गल्ती हो । त्यो समयमा उनको घरको अर्थिक अवास्थाले पढने क्षमता थिएन होला । के सबै हाम्रो समाजमा रहेका हजुरआमा, आमा,काकी,माइजु,दिदि बाहिनी सबै पढेकै छन त । पक्कै पनि होइन, नपढेका पनि छन । तर फुलमती नपढेकै करण विहे भएको १२ बर्ष पछी घरबार विहिन बनेकी छिन । अहिलेको अवास्थामा आएर उनलाई घरवार विहिन गर्नु पक्कै राम्रो होइन । अखिर नपढेर पनि सम्मानीत तारिकले जिवन विताइ रहेका छन दिदि बाहिनीहरु । फुलमतीलाई किन विभेद । के उनलाई आप्नो श्रीमान कहा बस्ने अधिकार छैन । अखीर किन नपढेको करण फुलमतीलाई बेशहरा बनाइदै छ त ।
महिला अधिकारका पक्षमा विभिन्न सघ सस्था खोलेर दिनहु जासो कार्यक्रम गर्दै आएका अधिकारकर्मी समेत अहिले फुलमतीको पिडा बुझेका छैनन । भनिन्छ महिलाको पिडा महिलाले नै बुझछ तर यहा त उल्टो भएको छ फुलमतीको पक्षमा कोही बोल्ने कोही छैनन् ।