चीनले नाकामै राेकेकाले दशैंमा महँगियो लत्ताकपडाको भाउ

सेयर गर्नुहोस

काठमाडौं ।
दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा राम्रो व्यापार हुन नसकेको व्यापारीहरूको भनाइ छ । तर मूल्यचाहिँ गत बर्षको भन्दा २० प्रतिशत भन्दा धेरैले बढेको उनीहरुले बताए । खासगरी काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायतका क्षेत्रमा आउने ग्राहकहरुले पनि लत्ताकपडा, जुत्ता लगायतका सबै सामानको भाउ निकै महङ्गो रहेको बताएका छन् । यस्तै, उनीहरुले बजारमा नयाँ सामानहरु देखिएको पनि बताएका छन् ।
व्यापारीहरुले दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिँदा बजारमा अभाव भएको तथा भन्सारको मूल्याङकन पनि बढेको कारण महँगी बढेको बताएका छन् । उनीहरुले दशैं सुरु भएसँगै व्यस्त हुनुपर्ने बेला मोवाइल खेलाएर दिन काट्न बाध्य हुनुपरेको पनि गुनासो गरे ।

Facebook Comments Box