ज्वालासिंह समूहका ‘मोस्ट वान्टेड’ पटेल पक्राउ
१२ पुस, काठमाडौं । नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वालासिंह समूहका बारा जिल्ला कमाण्डर विजय पटेल पक्राउ परेका छन् ।
बाराको फेटामा घर भएका पटेललाई मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीको विशेष छोली पक्राउ गरेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।भारतको रामगढवामा सात वर्षदेखि लुकीछिपी बस्दै आएका पटेललाई भारतीइ प्रहरीको सहयोगमा नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार नै पक्राउ परेका पटेललाई हेटौंडाले
त्यही दिन जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको थियो ।
उनलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमुक्त राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले वताए ।
१७ वैशाख २०६६मा बाराको कलैया नगर निवासी शिक्षक प्रदीप तिमल्सिनाको हत्यामा पटेको संलग्नता रहेको प्रहरीको भनाई छ ।