२६ भाद्र २०८१, बुधबार

कपिलबस्तुका प्रमुखहरुहरुको स्वागत तथा सम्मान ।।

2016-12-26_09-30-18_390कपिलबस्तु पौष ११ । कपिलबस्तुमा हालै सरुवा भइ आउनु भएका सरकारी निकायका प्रमुखहरुलाई तौलिहवामा स्वागत तथा अभिनन्दन गरिएको छ । तौलेश्वरनाथ शिवजी मन्दिर ब्यबस्थापन समिती, तौलिहवाले सोमबार एक भब्य कार्यक्रमको आयोजना गरि हालै कपिलबस्तु आउनुभएका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाल, नेपाल प्रहरिका प्रहरि उपरिक्षक भोजजंग शाह, शसस्त्र प्रहरि उपरिक्षक सुदेश गुरुङ, अनुसन्धानका प्रहरि उपरिक्षक शरदचन्द डिसीलाई स्वागत गरिएको हो । उनीहरुलाई शिवनामी दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
मन्दिरको संरक्षक प्रमुख जिल्ला अधिकारी र अन्य सदस्यमा रहने प्रावधान रहे बमोजिम संरक्षकको रुपमा आफु लगायत कार्यालयबाट मन्दिर ब्यबस्थापनमा सहयोग पुर्याउने प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले बताए । “प्रशासनबाट यस किसिमको एसियाको सबैभन्दा ठुलो शिवलिङग भएको मन्दिरमा हरप्रकारको सहयोग रहन्छ, यस मन्दिरको ब्यबस्थापनमा मेरो पुणरुपमा साथ छ” प्रजिअले भने ।
समितीका सल्लाहाकार राजु प्रसाद अर्याल, महिला सदस्य माया ज्ञवाली लगायतले मन्दिरको ब्यबस्थापनमा सबैको सहयोग जारी राख्नुपर्नेमा जोड दिए । मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष बनारसी बर्माले मन्दिर ब्यबस्थापन गर्न निकै कठिनाइ भएको बताए । “ब्यबस्थापनमा मुख्य रुपमा आर्थिक समस्याले ग्रसित पार्छ, जसरी त्यसरी अहिलेसम्म संचालन गरिएको छ, अध्यक्ष बर्माले भने । उनले एसियामा यस मन्दिरको गरिमा र महिमा अपरमपार रहेकाले बर्षेनि लाखौं भक्तजनको आस्थाको केन्द्र भएको बताए । भक्तजनको मनोकामना पुरा हुने बिश्वास हुने भएकोले नै यहां बिशेषरुपमा चाडपर्वका बेला अत्यधिक भिडभाड हुने गरेको उनेल बताए । मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष बनारसी बर्माको अध्यक्षता, सहसचिव सतिश उपाध्यायको स्वागतमा सम्पन्न भएको कार्यक्रमको संचालन समिती सचिव मुकेश कुमार गुप्ताले गरेका थिए ।

धेरै कमेन्ट गरिएका