१ दिने आंखा शिविरमा ७ सय ७ जनाले लिए निशुल्क सेवा ।। बासुदेव बर्मा, कपिलबस्तु । पौष ११ ।

सेयर गर्नुहोस

vlcsnap-165649कपिलबस्तु । कपिलबस्तुको तौलिहवास्थित कपिलबस्तु राजकिय बिहार तिलौराकोटमा आइतवार १ दिने निःशुल्क आंखा शिविर सम्पन्न भएको छ ।
रोयल थाइ मोनाष्ट्री लुम्बिनीको सहयोग तथा तिलगंगा आंखा अस्पताल काठमाडौंको समन्वयमा आयोजित शिविरमा ७ सय सात जना आंखाका विरामीले आंखाको जांच गराएका छन । यहा स्थित बिपन्न, गरिब, असहाय जनताहरुको लागी थाइ सरकारको सहयोगमा यस्ता खालका कार्यक्रम संचालन गरिएको आयोजक संस्थाका संयोजक तथा समाजसेवी राजेश ज्ञवालीले बताउनु भएको छ । 
संचालन गरिएको १ दिने निशुल्क आंखा शिविरमा ७ सय सात जना बिरामीले आफ्नो आंखाको चेकजांच गरेमध्ये करिब २ सय जना विरामीलाई आजै रणअम्बिका आंखा अस्पताल भैरहवामा निःशुल्क मोतिया विन्दु शल्यक्रिया गर्नुका साथै औषधी समेत वितरण गरिने ज्ञवालीले बताउनु भयो । गत बर्ष पनि १४ सय जना आंखाका बिरामीहरु मध्ये ३५० जना मोतियाबिन्दुका बिरामीहरुको निशुल्क अप्रेशन गरिएको जनाइएको छ ।

शिविरलाई सफलता पूर्वक सम्पन्न गर्न आयोजक पक्षसंगै स्वयम्सेवक लगायत पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेको राजकिय बिहार तिलौराकोटका भिक्षु पिजाले बताउनु भयो । उनले थाइ सरकारले भगवान गौतम बुद्धको यस पवित्र भुमिमा सेवा प्रवाह गरि बिपन्न बर्गको सेवा गर्न पाउदा निकै खुसी लागेको भिक्षुले बताएका छन् ।

गतबर्ष आफ्नो दाहिने आंखाको मोतियाबिन्दुको शल्यक्रिया गराइ पुनः आज अर्को देव्रे आंखाको पनि निशुल्क शल्यक्रिया गर्न शिबिरमा अँएका सोमडिह गाबिस वडा नं ३, कोपवाका अवधराम यादवले अव आफुले सजिलोसंग आंखा देख्न सक्ने बताएका छन् ।
जिल्लाका सिमावर्ती क्षेत्रबाट आंखा चेक जा“च गराउने बिरामीहरु बढी आउने भएकोले उक्त शिबिरलाई १ दिन थप गरी सोमबार कुदानमा आयोजना गरिने बताइएको छ ।

Facebook Comments Box