कृष्णनगरमा शुक्ल विजयनगरमा यादव निर्वचित , सांसदद्वारा शुभकामना व्यक्त

सेयर गर्नुहोस


कृष्णनगर ।

नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा कृष्णनगर नगरपालिकाको नगर सभापतिमा देवानन्द शुक्ल र विजयनगर गाउंपालिकामा जानकी यादव विजयी भएका हुन।
सर्वसहमतिकाे प्रयास गरिएपछि पनि बुधवार भएको कृष्णनगर नगर सभापति चुनावमा प्रतिस्पर्धी अजय उपाध्यायलाई १६ मतान्तरले हराउदै शुक्ल सभापति बनेका छन भने ५२ भाेट पाएका राजेश उपाध्यायलाई हराउदै जानकी यादव १ भाेटले विजयी भएका हुन । कृष्णनगर नगरपालिकामा १९२ मतदाता रहेका थिए । जसमा १८४ मत मात्र खसेको थियो।
कृष्णनगरमा देवानन्द शुक्लले ९५ मत प्राप्त गरेका थिए भने विजयनगर जानकी यादवले ५३ मत प्राप्त गरेका थिए । कृष्णनगरमा १ सय ८४ मतमा १० मत बदर भएको निर्वाचन अधिकृत प्रहलाद प्रसाद पाण्डेले बताउनु भएको छ भने विजयनगरमा १ मत मात्र बदर भएकाे थियाे ।

यो जीत मेरो मत्र नभई पुरै कृष्णनगरको काँग्रेसका सदस्यहरुको जीत रहेको नवनिर्वाचित नगर सभापति देवानन्द शुक्लले बताउनु भएको छ। उहाँले आफुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीतमा सहयोग पुराउनु भएको सम्पुर्णमा आभर प्रकट गर्नु भएको छ। आउने दिनमा पार्टीलाई झन बलियो बनाउने उहाँले प्रतिबद्धता समेत गर्नु भएको छ।
गाैतम बुद्ध साझेदारी बन व्याव्स्थापन समितिका अध्यक्ष समेत रहेका जानकी यादव नवप्रवेसी कांग्रेसी हुन तर विजयनगर गाउंपालिकामा बढ्दाे लाेकप्रियताले १४ ओैँ अधिबेसनमा निर्वाचसत भएका हुन ।
कपिलवस्तु क्षेत्र ३ का कांग्रेसी सांसद अभिषेक प्रताप शाहले नवनिर्वाचित सबै नगर सभापतिलाई बधाई दिदै एकजुट भई पार्टीकाे १४ ओैँ महाधिबेसनलाई सफल पार्न सम्पूर्ण कार्यकर्तालाई आग्रह गरेका छन । सांसद शाहले माथिल्लो नेतृत्वमा गुट उपगुट भएपनि अधिबेसनमा एकढिक्का भई अगाडि बढ्नुकाे विकल्प नरहेकाे बताउनुभयाे ।
क्षेत्र ३काे अधिबेसनमा दिग्गाज कांग्रेसी नेता विरेन्द्र कुमार कानाेडिया, ब्रहम्मानन्द उपाध्याय, दिपक उपाध्याय, अकिल मिया, डा. रुद्र प्रताप शाह लगायतले समन्वय सहकार्य गर्दै आएका छन ।

Facebook Comments Box