अमेरिकी ड्रोनलाई अफगानिस्तान प्रवेशमा रोक लगाउने तालिबानको चेतावनी
काबुल । तालिबानले अमेरिकी ड्रोनलाई अफगानिस्तान प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ। यदि अमेरिकाले अफगानिस्तानको हवाई क्षेत्रमा ड्रोन उडाउन नछोडेमा परिणाम नराम्रो हुने भन्दै तालिबानले बुधबार चेतावनी हो।
‘अमेरिकाले कतारमा तालिबानसँग अफगानिस्तानमा कुनैपनि ड्रोन परिचालन नगर्ने प्रतिबद्धता जनाएको थियो। अमेरिकाले आफ्नो प्रतिबद्धतासँगै अन्तर्राष्ट्रिय कानुन र अधिकारको उल्लंघन गरिरहेको छ’, तालिबानले ट्वीटरमार्फत भनेको छ, ‘यदि अमेरिकाले अबदेखि यस्तोखाले गतिविधि रोकेन भने परिणाम नराम्रो हुनेछ।’
तलिबानले जारी गरेको वक्तव्यप्रति अमेरिकाले भने हाल कुनै प्रतिक्रिया जनाएको छैन।
Facebook Comments Box
