खाेप लगाउदै आएकाे भारतमा कोभिड संक्रमण र मृत्युदर घट्यो

सेयर गर्नुहोस


नयाँ दिल्ली । भारतमा कोभिड १९ को डेल्टा भेरियन्टका कारण हुने दैनिक मृत्युदरमा कमी आएको छ। मंगलबार सार्वजनिक एक रिपोर्टअनुसार पछिल्लो ६ महिनायता भारतमा कोभिड १९ का कारण हुने दैनिक मृत्युदरमा कमी आएको हो।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा कोभिड १९ का कारण १७९ को मृत्यु भएको छ। जुन संख्या मार्च महिनायताकै न्यून हो।

भारतमा मध्य मार्चसम्ममा मृत्यु हुनेको संख्या ४ लाख ४७ हजार ३७३ पुगेको थियो। भारतमा पछिल्लो समय दैनिक संक्रमणदर समेत उल्लेखनिय रुपमा घटेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भारतमा २०१ दिनपछि दैनिक संक्रमितको संख्या २० हजारमुनि छ। जुन हालसम्मकै कम हो। मार्चसम्म कोरोना संक्रमितको संख्या ३ करोड ३७ लाख रहेको छ।

यसअघि भारतमा दैनिक संक्रमण ४ लाखभन्दा बढी हुने गरेको र कोभिडका कारण ४ हजार ५ सयको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयले बताएको छ।

Facebook Comments Box