हिजो ‘गडबड’ भएको भनिएको जहाज फेरि उड्न थाल्यो चेक जाँच गर्दा कुनै समस्या नरहेको नागरिक उडान ले बताए

सेयर गर्नुहोस

१२ असोज
काठमाडौं :प्राविधिक समस्या देखिएको भनेर सोमबार दुई घण्टा आकाशमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट उड्न थालेको छ। उक्त जहाजले मंगलबार तीन उडान गरिसकेको छ।

बिज्ञापन
सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए। चेकजाँचका क्रममा जहाजमा गडबडी नभएको पुष्टि भएको कम्पनीका एक अधिकारीले बताए।
सोमबार ७३ जना यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो।

Facebook Comments Box