व्यापारिक नाकाबन्दी गरेकाे चीनले सम्बन्ध सुधार कसरी गर्छ ?

सेयर गर्नुहोस


काठमाडौँ- दुई बर्षदेखि व्यापारिक नाका बन्दी झैं गरकाे चीनले नेपालसँगको सम्बन्धलाई प्रगतिको नवीन मार्गमा अघि बढाउन चाहेको बताएको छ ।

राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढङ्गले प्रवर्द्धन गर्न चाहेको बताएका हुन् ।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले आफ्ना विदेशमन्त्रीले परराष्ट्रमन्त्री खड्कालाई बधाई सन्देश पठाएको तथा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन उनीसँग सहकार्य गर्न आफू इच्छुक रहेको सन्देशमा उल्लेख गरेको सामाजिक सञ्जालमा लेखेकी छिन् ।

सामाजिक सञ्जाल ट्विटरमा राजदूत हउले लेखेकी छिन्, “आज चीनका राज्य परिषद् सदस्य तथा विदेशमन्त्री श्री याङ यीले नेपालका नयाँ विदेशमन्त्री माननीय डा नारायण खड्कालाई बधाई सन्देश पठाउँदै चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफ्ना समकक्षीसँग उहाँले सँगसँगै काम गर्ने तत्परता व्यक्त गर्नुभएको छ ।”

Facebook Comments Box