कांग्रेसकाे नेतृत्व लिन युवा उत्साहित , नगर सभापतिमा चाैधरीकाे दाबी

महराजगंज , असाेज १० । नेपाली कांग्रेसकाे १४ ओैं अधिबेशनमा युवा वर्ग नेतृत्व लिन बढी उत्साहित भएकाे देखिन्छ ।
वडादेखि लिए नगर र क्षेत्रीय तहमा युवा प्रतिनिधिहरुकाे आकर्षणले कांग्रेसलाई बुढाे पार्टी भन्ने दाग हट्दै गएकाे दाबी महराजगंज नगरपालिकाका नगर सभापति प्रत्यासी प्रदीप चाैधरीकाे भनाई छ।
नेता चाैधरी पुराना कांग्रेसी घाराना जयन्तीलाल चाैधरीका भतिजा हुन । आफ्नाे परिवार पार्टीकाे विधानभित्र रही सकारात्मक भुमिकामा युवा नेतृत्व अगाडि सारेकाे नेता चाैधरीले बताए । महराजगंजकाे राजनितिक केमिस्ट्रीमा कांग्रेस मजबुत स्थितिमा रहेकाले युवा नेतृत्व बढी नै उत्साहित भई अधिबेसनमा भाग लिदै आएकाे छ।
Facebook Comments Box
