कांग्रेसमा युवा, प्रतिनिधित्व खाेज्दै

सेयर गर्नुहोस
जिल्ला सदस्य परमेश्वर पाठक

कांग्रेस एउटा यस्तो गणतान्त्रिक पार्टीहो जसले नेपाल लाई २००७ साल देखि नेतृत्व प्रदान गर्दै आइरहेको छ।
पार्टीको संघर्षले गर्दा जहानियाँ राणा शासनको अन्त्य भयो र यहि नेपाली काँग्रेसको शासनकालमा आधुनिक नेपालले जन्ताको मर्म बमोजीम नेपालको संविधान २०७२ असोज ३ गते पाएको छ। नेपाली कांग्रेसको समाजवादी बिचारधारा लाई सिद्धान्त बनाई वर्तमान जिल्ला सदस्य परमेश्वर पाठकले देश एवं जन्ताको एक दशक देखि निरन्तर सेवा गर्दै आउनु भएको छ। हालै नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा युवा नेता पाठकले कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिकाको क्षेत्रीय सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ। परमेश्वर पाठकको प्रतिष्पर्धा वलिउदद्दीन मुसलमान सङ्गा रहेको छ जो प्रथम स्थानीय तहको निर्वाचनमा कपिलवस्तुको मायादेवी गाँउपालिकाको अध्यक्ष पदमा निकै प्रतिस्पर्धा गर्नु भएको थियो।
नेपाली काँग्रेसको युवा नेता परमेश्वर पाठकको अनुसार यस १४औँ महाधिवेशनमा पूर्ण रुपले पार्टीको नेता एवं कार्यकर्ता साथ र समर्थन छ भन्ने भनाई रहेको छ। तर कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिकामा अन्य स्थानीय तहको भन्दा निकै कडा प्रतिस्पर्धा रहेको बिग्यहरुको भनाई रहेको छ। यस मायादेवी गाँउपालिकामा कुल ८ वटा वडा रहेको छ जस मध्ये ३ वटा वडा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस जित्न सफल भएको थियो। कलु मत लगभग २४८ रहेको हुनाले युवा नेता पाठकले १२५ मत जति जित्नको लागी पाउनुपर्ने हो। वहिं युवा नेता पाठकको अनुसार कुल मत मध्ये २०० मत भन्दा बढी मत पाउने गरि दबि गरेको छन।।

Facebook Comments Box