२८ भाद्र २०८१, शुक्रबार

जिशिअमाथि एक करोड ६० लाख घुस खाएको आरोप

काठमाडौं– विषेश अदालतमा मुद्दा खेपेका धनुषाका शिक्षा अधिकारी महेन्द्र महतोले शिक्षक सरुवामा एक करोड ६० लाख भ्रष्टाचार गरेको आरोप लागेको छ । उनी भ्रष्टाचारको आरोपमा अख्तियारबाट निलम्बन परेका छन् । ०७२ असोज ६ गतेदेखि ०७३ असोज १६ सम्म उनी सिराहका जिल्ला शिक्षा अधिकारी थिए ।

उनीमाथि परेको उजुरीमा भनिएको छ
–नियमविपरीत ८० जना शिक्षकबाट २-२ लाखका दरले रकम लिई जिलान्तर सरुवा गरे ।
–जिल्ला शिक्षा समितिको निर्णय बिना नै २-२ लाखमा राहत दरबन्दी वितरण गरे ।
–६२ जना शिक्षकलाई सरुवा पदस्थापना गरे ।
–२८ जना शिक्षकलाई काजसरुवा गरे ।
–४५ जना शिक्षकलाई निमित प्रधानाध्यपक बनाई प्रत्येक शिक्षकबाट २५ देखि ३० हजारसम्मको रकम असुल गरे ।
–जिशिअ पूर्व शिक्षामन्त्री गिरिाजमणि पोखरेल निकट भएको दावी गर्थे ।

यसवारे महतोले छोटो प्रतिक्रियामा भने
–स्थानीय राजनीतिक दल र शिक्षकका पेशागत संघ संगठनले दिएको म्यान्डेड बमोजिम सरुवा गरेको हो , आजको रातोपाटीमा खबर छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट